कर्णाली प्रिमियर लिगको विजेताले पाँच लाख पाउने ।

0

बैशाख ४ सुर्खेत, आउँदो १२ गतेदेखि सुर्खेतको बीरेन्द्रनगरमा हुने कर्णाली प्रिमियर लिगको विजेताले पाँच लाख पाउने भएको छ।

आयोजक कर्णाली किक्रेट एकेडेमीले आज पत्रकार सम्मेलन गरेर पुरस्कार राशी, मुख्य प्रायोजक, टिम कप्तानको नाम घोषणा गरिएको हो।

लिगको उपविजेताले दुइ लाख पाउने छ भने सर्बउत्कृट खेलाडीले ५० हजार हात पार्ने छ।

यस्तै उत्कृष्ट बलर र ब्याट्सम्यन समान २०/२० हजार पाउदाँ प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले ३ हजार ५ सय हात पार्ने छन।

यसैविच प्रतियोगिमा सहभागीहुने आठ टिमको कप्तानको नामपनि सार्बजनिक गरिएको छ।

विनोद भन्डारीको कप्तानीमा नेपाल आर्मी रहने छ भने मन्जित श्रेष्ठको कप्तानीमा नेपाल पुलिस कल्ब रहदाँ, शसस्त्र प्रहरीको एपिएफको कप्तानी बसन्त रेग्मीले सम्हान्नु हुनेछ।

यस्तै रविन्द्रजंग शाहीको कप्तानीमा कर्णाली ११ रहने छ भने मेहबुब आलमको कप्तानीमा लालिगुरास किक्रेट क्लब झापा रहेको छ।

यस्तै हिमालयन किक्रेट एकेडेमी काठमान्डौको कप्तानमा सुरेन्द्र चन्द, महेन्द्रनगर किक्रेट कल्बको कप्तान शुसिल खड्का,रहदाँ मध्यपश्चिम किक्रेट एकेडेमीको कप्तानी अजय साहनीले गर्नुभएको छ।

यसैबीच प्रतियोगिता हेर्न आउने दर्शकका मोटरसार्इकल,एलर्इडि टेलिभिजन लगायत विभिन्न पुरुस्कारको व्यवस्था गरिएको संयोजक रेशम शाहीले जानकारी दिनुभयो।

दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग केपीएल को मुख्य प्रायोजकका वाईवाई चाउचाउ रहेको छ।

 

 

Share.

About Author

Leave A Reply