कर्णाली राजमार्गमा हिलाम्मे हुदाँ यात्रुलाइ सास्ती ।

0

भदौ २० सुर्खेत।कर्णाली राजमार्ग हिलाम्मे हुँदा यात्रा जोखिमपूर्ण बन्दै गएको छ।कर्णाली राजमार्गको घट्टे, दही, गगने, शेरीघाट र सुनार खोलामा सडक हिलाम्मे भएछि यात्रा जोखिमपूर्ण बन्दै गएको हो।कालिकोट सदरमुकाम नजिकै रहेको सुनार खोलामा दैनिक यात्रुले गाडी धकेल्नु पर्छ।चालक गोरखबहादुर शाहीले खोलाले असारदेखि नै सास्ती दिँदै आएको भन्दै सडक हिलोले  भरिएकाले सास्ती हुने गरेको बताउनुभयो।कतिपय समयमा यात्रुले ठेल्दासमेत निकाल्न नसक्दा हजार रुपैयाँ तिरेर डोजर लगाएर गाडी तान्नु पर्ने बाध्यता रहेको शाहीको भनाइ छ। सुर्खेतदेखि छुटेको गाडी राजमार्गको अवस्थाकै कारणबीच बाटोमै जाम हुँदा एकै दिनमा कालिकोट पुग्न सक्दैन्।कर्णाली राजमार्गको सबै भन्दा बढी कालिकोट खण्डमा मात्रै दही खोला, गगने खोला, सेरीघाट, सुनार खोला, गल्ली, मोल्फा, सिम्ले खोला, पिलीलगायत क्षेत्रमा बाटो अप्ठेरो भएकाले दैनिक यातायात अवरुद्ध हुने गरेको छ।कर्णाली राजमार्ग कालोपत्रे भएको एक बर्ष नबित्दै कालोपत्रे भत्किएपछि यात्रुलाई सास्ती भएको हो। सडक डिभिजन कार्यालय जुम्लाले ती खाल्डा खुल्डीमा माटो हालेपछि सडक हिलाम्मे भएको यात्रुको गुनासो छ।जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी विनोद शर्माले बर्षयाम लागेसँगै प्रहरीको काम नै दैनिक सडकमा पहिरो पंन्छाउने र गाडी तान्ने भएको बताउनुभयो।

Share.

About Author

Leave A Reply