कर्णाली रारा पर्यटन वर्ष– ५ महिनामा ८ हजार पर्यटक भित्रीए।(अडियो रेिपोट सहीत)

0

सविता जिसी ,असोज सुर्खेत ।बिहानीले दिउँसोको संकेत गर्छ भने झै कर्णाली प्रदेश सरकारले यो वर्षको सुरुमा निकै तामझामका साथ घोषणा गरेको कर्णाली रारा पर्यटन वर्ष भने प्रभावकारी हुन सकेको छैन ।१ वर्षमा ५ लाख पर्यटक भित्रयाउने लक्ष्य सहित गत वैशाख १ मा मुगुको रारा ताल किनारबाट सुरु भएको ‘कर्णाली–रारा पर्यटन वर्षको घोषणा भएको ५ महिनाको अवस्था हेर्दा पटक्कै सन्तोष गर्ने अवस्था छैन ।घोषणा गरिएको पर्यटन वर्षको  आधा समय बित्न लाग्दा ८ हजार पर्यटक मात्रै भित्रिएको सरकारी तथ्याक छ ।यो तथ्यांकले सरकारको ५ लाख पर्यटक भित्रयाउने लक्ष्यलाई उपलब्धी भन्दा पनि निराशा तर्फ धकेलिरहेको छ ।पर्यटन वर्ष घोषणा भएको बैशाख १ गते देखि यता भदौ १५ गते सम्म ८ हजार पर्यटक कर्णालीमा भित्रीएको र जसमध्य ३ सय १० जना विदेशी पर्यटक रहेको वन वातावरण उधोग तथा पर्यटन मन्त्रालय कर्णाली प्रदेशका सूचना अधिकारी शेरबहादुर रोकायले जानकारी दिनुभयो ।अहिले प्रदेश सरकारले कर्णाली–रारा पर्यटन वर्षसँग सम्बन्धित विशेष कार्यक्रम अझै सञ्चालन गर्न सकेको छैन ।तर मन्त्रालयले भने पर्यटन सम्बन्धी होर्डिङ बोर्ड राख्ने लगायतका सामान्य गतिविधीलाई नै महत्वपूर्ण कामका रुपमा देखाएको छ ।मन्त्रालयका सूचना अधिकारी रोकायका अनुसार पर्यटन वर्ष लक्षित गर्दै कर्णालीका विभन्न स्थानमा पर्यटन सम्बन्धी जानकारीहरु राखिएको छ ।यस्तै यहि वर्ष १० वटै जिल्लाका पर्यटकिय स्थलहरुको पहिचान गर्ने कार्यक्रम संचालन गरिने रोकायको भनाई छ ।प्रधानमन्त्री केपी शर्मा ओली नै रारा पुगेर शुभारम्भ गरेपछि चर्चा चुलिएको कर्णाली रारा पर्यटन वर्ष अहिले चर्चामै सिमित होला कि भन्ने शंका पनि उब्जीन थालेको छ ।प्रदेश सरकारले पर्यटनको क्षेत्रमा आर्थिक वर्ष २०७४– ०७५ मा ९८ करोड बजेट विनियोजन गरेको छ, यो बजेट उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको कुल बजेट मध्ये ५२ प्रतिशत हुन आउँछ ।अर्कोतिर रारा तालसम्म पुग्नका लागि कर्णाली राजमार्ग सुधार हुन नसक्दा बर्खामा रारा जाने पर्यटकले पहिरोले दिने सास्ती खेप्न बाध्य छन् भने सुर्खेतबाट मुगुसम्म सिधा हवाई उडान नहुँदा पनि पर्यटकलाई उत्तिकै सास्ती छ ।उद्योग वाणिज्य महासंघका कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाही सरकारले उत्साहका साथ सुरु गरेको कर्णाली रारा पर्यटन वर्ष बिचमै सेलाउन लागेको भन्दै चिन्ता व्यक्त गर्नुहुन्छ।शाहीले पर्यटन वर्ष घोषणा गरेर मात्र नहुने भन्दै यसलाई प्रभावकारी बनाउन निजि संघसंस्थाहरु सँग समन्वय गरेर जानुपर्ने बताउनुभयो ।यतासोचेअनुसार पर्यटन वर्ष सम्बन्धीत कबार्यक्रम गर्न नसकिएको सरकारका प्रवक्ता बिमला केसीको स्वीकारोक्ति छ ।मन्त्री केसीले बाकि रहेको आधा समयको उचित सदुपयोग गर्दै लक्ष्यमा पुग्न सकिने बताउनुभयो ।

Share.

About Author

Leave A Reply