कर्णाली सरकारले आगामी आर्थिक वर्षको लागि ३३ अर्ब बजेट ल्यायो।

0

असार १, कर्णाली सरकारले आगामी आर्थिक वर्षको लागि ३३ अर्ब बराबरको बजेट ल्याएको छ।

प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले ३३ अर्ब ७४ करोड १३ लाख बराबरको बजेट सार्वजनिक गर्नुभएको हो।

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै स्वास्थ्यसंगै कृषि र शिक्षालार्इ पनि प्राथिकतामा राखेर बजेट ल्याउनु भएको छ।

कोरोना संक्रमणलार्इ फैलन नदिन उच्च जोखिम रहेको स्थानमा परिक्षणको दायरा बढाउन बजेको ब्यवस्था गरेको छ।

कोरोना रोकथाम प्राथिकतामा

कोरोना लगायत संक्रामक रोग नियन्त्रणलार्इ प्रमुख प्राथमिकताद साथ यस बर्षको बजेट सार्वजिनक गरेको छ।

आधारभूत खाद्य उपजमा आत्मनिर्भरता विकास गर्ने, रैथाने बालीको प्रवर्द्धन गरी कर्णालीको मौलिक पहिचान कायम राख्ने कार्यक्रम सहित यस वजेटले कृषिलाई महत्वपूर्ण स्थान दिएको छ।

एक स्थानीय तह एक उत्पादन विशेष कार्यक्रम, मेरो किसान मेरो अन्नदाता कार्यक्रम, उत्पादन परिमाणमा आधारित कृषक प्रोत्साहन, अर्गानिक उत्पादन प्रोत्साहन, कार्यक्रम ल्याइएको मन्त्री ज्वालाको दाबी छ ।

शिक्षामा ८९ करोड विनियोजन

यस्तै सरकारले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्रका लागि ८९ करोड रुपैयाँ विनियोजन गरेको छ।

मन्त्री ज्वालाले शैक्षिक गुणस्तर सुधारदेखि पूर्वाधार निर्माणसम्मका योजना कार्यान्वयनका लागि रकम छुट्याइएको जानकारी दिनुभयो।

   खेलकुदमा १५ करोड

कर्णाली प्रदेशमा खेलकुद विकासका लागि प्रदेश सरकारले साढे १५ करोड रुपैयाँ बजेट छुट्याएको छ।

आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले खेलकुद विकासका लागि १५ करोड ६० लाख रुपैयाँ विनियोजन गरेको बताउनुभयो।

उहाँले सुर्खेतमा प्रादेशिक रंगशाला निर्माण, राष्ट्रिय खेलकुद आयोजनाका लागि पूर्वाधार विकास गरिने उल्लेख गर्नुभयो।

मन्त्री ज्वालाले सबै जिल्लाको खेल पूर्वाधार र खेलाडीको हितमा कार्यक्रम सञ्चालन गरिने जनाकारी दिनुभयो।

 

 

Share.

About Author

Leave A Reply