कर्णाली सरकारले काम नसुधारे विद्रोह बढ्दै जानेः शाही।

0

चैत १६ -सुर्खेत।कर्णाली प्रदेसका केहि सांसदहरुले प्रदेश सरकारका कारण संसद र सांसदले समेत लाज मान्नु पर्ने अवस्था आएको आरोप लगाएका छन ।प्रदेश सभाको आज बजेको बैठकमा बोल्ने सांसदहरुले सरकार आफैँले घोषणा गरेका कामबाट समेत पछि हटेको भन्दै प्रदेश सरकारको आलोचना गरेका हुन् ।बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले संसदमा राखेका कुरा सम्बोधन गर्ने विषयमा सम्बन्धीत निकाय बेखबर भएको गुनासो गर्नुभयो ।सांसद शाहीले संघियता आएर मन्त्रालय स्थापना भएको १ वर्ष बितिसक्दा पनि प्रदेश सरकारले आफु अधिकार बिहिन भएको बाहाना गरेर उम्कन खोजेको आरोप लगाउनु भयो ।सांसद शाहीले प्रदेशमा उधोग स्थापना गर्ने घोषणा गरेको सरकारले कर्णालीमा अहिलेसम्म कति वटा उधोग स्थापना ग¥यो भन्दै प्रश्न गर्नुभयो ।उहाँले सरकारले काम मनपरी रुपमा रकम बाँडेको भन्दै अब पनि बानि नसुधारे विद्रोह बढ्दै जाने र पछुताउनु बाहेक अरु उपाय नहुने बताउनु भयो । यस्तै नेकपाका सांसद कौशीलावति खत्रीले प्रदेशलाई डिजिटल बनाउने सरकारको योजना भए पनि त्यसको प्रगती शुन्य जस्तै भएको बताउनुभयो ।जाजरकोटको जुनिचाँदे गाउपालिकामा टेलिफोनको टावर बिग्रदा पटकपटक सम्बन्धीत निकायलाई खबर गर्दा पनि वेवास्ता गरेको सांसद खत्रीको भनाई छ ।यस्तै बैठकले कर्णालीमा सार्वजनिक प्रसारण ऐन सर्वसम्मत रुपमा पारीत गरेको छ।संसदको विधायन तथा प्रदेश मामीलाबाट समितिबाट आएक सुझाव समेत ऐनको अंग हुने गरी सार्वजनिक प्रसारण ऐन पारीत गरीएको हो।

Share.

About Author

Leave A Reply