कर्णाली सरकारले भोली निति तथा कार्यक्रम ल्याउने।

0

जेठ-२१ सुर्खेत।कर्णाली प्रदेश सरकारले भोली निति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ।

प्रदेश प्रमुख दुर्गाकेशर खनालले निति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको रहेको सभामुख राजबहादुर शाहीले जानकारी दिनु भयो।

दिउँसो तिन बजे बस्ने प्रदेश सभाको बैठकमा प्रमुख खनालले निति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो।

अघिल्लो पर्यटन, कृषि, ऊर्जा र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेको कर्णाली सरकारले यो बर्ष शिक्षा, स्वास्थ्य,उत्पादन र रोजगाररीलाइ समेटेर नीति तथा कार्यक्रम तयार पारिएको जनाएको छ।

सरकारका प्रवक्ता विमला केसीले कर्णालीमा रहेको शिक्षा र स्वास्थ्यलाइ प्रथामिकतामा राखेर यो बर्षको निति तथा कार्यक्रम तयार पारिएको बताउनुभयो।

उहाँले यस क्षेत्रमा रहेको उत्पादन, रोजगारी र भौतिक पुर्वाधार लगायतलार्इ पनि प्रथामिकतामा राखिएको बताउनुभयो।

 

 

Share.

About Author

Leave A Reply