कर्णाली सरकारले माघ १ गते सार्बजनीक बिदा दीने ।

0

पुष-२६सुर्खेत।कर्णाली प्रदेश सरकारले माघ १ गते माघि पर्वका दिन सार्बजनीक बिदा दिने जनाएको छ।मगर र अरूसमुदायले विषेशगरी मनाउने माघि पर्बका दिन सार्वजनिक बिदा दिने भएको हो।बीरेन्द्रनगरमा नेपाल मगर संङ्घ सुर्खेतले आयनोजना गरेको मागे संकराति मेला २०७५ को उदघाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले माघ १ गते सार्बजनीक बिदा दीने बताउनुभयो।मुख्यमन्त्री शाहीले बहुभाषीक ,बहुधार्मीक ,मौलीकतालाइ सम्मान गर्नकालागी सार्बजनीक बीदा दीने निर्णय गरीएको बताउनभयो।सुर्खेतको बीरेन्द्रनगरमा यहि पुष २५ गते देखि २९ गतेसम्म माघे संकराती मेला संञ्चालन भएको छ।नेपाल मगरसंघ सुर्खेतले विगतको बर्षहरुमा जस्तै यसवर्षपनि माघिको अवसरमा पारेर मेलाको आयोजना गरेको हो।मेला शुरुहुनु भन्दा पहिले स्थानिय मंगलगडी चोकबाट र्याली सहित बीरेन्द्रनगर बजार परिक्रम गरि कार्यक्रम स्थलमा प्रबेश गरेको हो। कार्यक्रममा मगर जातिको भेषभुषा झल्किने पोषक, झाकी सहित मगर समुदायको बाक्लो उपस्थित रहेको थियो।उनिहरुले जातिय अघिकारको लागी सबै समुदाय एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन। कार्यक्रममा मगर समुदायका अगुवाले सरकारले आफुहरुको माग प्रति उदाशिन रहेको बताएका छन।उनिहरुले तिन तहको सरकारहुदाँ समेत आफुहरुको माग सम्बोधन नभएको भन्दै सरकार र राजनिकत दलहरु गम्भिर बन्नुपर्नेमा जोड दिएका छन।मेलामा मगरजातिका विषेश परिकारहरु, मगर समुदायबाट उत्पादित वस्तुहरु, स्थानिय स्तरको साँस्कृतिक प्रस्तुति, छेलो प्रतियोगिता विशेष आकर्षकको रुपमा राखिने छ।यस्तै धनुषवाण, कुर्चि दौड, घैटो फुटाल्ने, सोरठी, ख्याली, सालैजो कौडा, ठाडोभाका सहित विभिन्न साँस्कृति कार्यक्रमको आयोजना गरिएको प्रचार प्रसार समितिका संयोजक दिपबहादुर रानामगरले जानकारी दिनुभयो।पाँच दिन सम्म चल्ने मेलामा झन्डै २५ देखी २८ लाख सम्म खर्च लाग्ने अनुमान गरिएको संयोजक रानाले बताउनुभयो।

Share.

About Author

Leave A Reply