कर्णाली सहित सातवटै प्रदेसलाइ बजेटको चटारो।

0

जेठ-२६ सुर्खेत।कर्णाली प्रदेस सहित अहिले सात वटै प्रदेस बजेटको तयारीमा जुटेका छन ।

संघीय बजेटले प्रदेशमा जाने रकमको टुंगो लगाएसँगै अहिले ७ वटै प्रदेशमा धमाधम बजेट निर्माणको काम जारी छ ।

विकास सबैभन्दा पछी र गरिबीमा सबै भन्दा अघि रहेको कर्णाली प्रदेशले  ‘समृद्ध कर्णाली-सुखारी कर्णालीबासी’ नारा सहित बजेटको तयारी भइरहेको बताएको छ ।

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट अनुत्पादक, साना र टुक्रे योजनामा भन्दा ठूला, परिणाममुखी योजनामा केन्द्रित हुने जनाएको छ।

निजी, सहकारी, सामुदायिक र गैरसरकारी संघसंस्थाहरुलाई सरकारको विकास साझेदारको रुपमा स्वीकार गरी तोकिएको क्षेत्रमा परिचालन गर्ने तयारी कर्णाली सरकारले गरेको छ ।

आगामी आर्थिक वर्षको बजेटमा सडक यातायात, ऊर्जा, खानेपानी, सिंचाइ, बस्ती विकास, संचारलगायत भौतिक पूर्वाधार क्षेत्रलाई केन्द्रित गरी कार्यक्रम तय गरिने जनाएकाे छ ।

प्रदेशको उत्तर दक्षिण नाका जोड्ने रणनीतिक सडक, अन्तर प्रदेश सडक, प्रदेश राजधानीबाट जिल्ला सदरमुकाम जोड्ने सडक तथा जनता सडक निर्माणलाई प्राथमिकताका साथ बजेट विनियोजन गर्ने तयारी छ ।

कर्णालीको पानी सबैको लगानी मार्फत लगानी अपील गरी निजी, सहकारी र जनताको लगानीमा जलविद्युत आयोजना निर्माण गर्ने नीति लिने प्रदेस सरकारले जनाएको  ।

कर्णाली उज्यालो अभियानअन्तर्गत साना जलविद्युत निर्माण, सौर्य ऊर्जा विकास जस्ता वैकल्पिक उर्जा प्रवर्द्धन तथा प्रसारणमा बजेट विनियोजन हुने भएको छ ।

समृद्ध कर्णालीकालागि सहकारी अभियान चलाउँदै प्रदेश सरकारले सहकारी आन्दोलनलाई प्राथमिकता दिने नीति ल्याएको छ ।

 

Share.

About Author

Leave A Reply