कर्मचारी अभावकै कारण कर्णालीमा विकाश बजेट खर्चहुन सकेन ।

0

असाेज १४-सुर्खेत।कर्मचारीको अभावकै कारण कर्णालीमा विकाश बजेट खर्चहुन नसकेको कर्णाली सरकारले जनाएको छ।

गत आर्थिक बर्षमा कर्णाली सरकारले जम्मा २४ प्रतिशमात्र रकम खर्च गरेको भन्दै आलोचना भएको थियो।

संघीय सरकारले कर्मचारी समायोजनका क्रममा कर्णाली प्रदेशमा १ हजार ९ सय ९२ दरबन्दी छुट्ट्याएपनि सबै कर्मचारी आएका छैनन्।

समायोजन रोजेका १ हजार ३ सय ३४ जना मध्य ३ सय ९८ जना कर्मचारी अझै आएका छैन।

कर्णालीमा प्राविधिक कर्मचारीहरु सबै भन्दा कम आउने गरेकाले काम गर्न समस्या हुनेगरेको सरकारको भनार्इ छ।

कर्णाली सरकारका मुख्य सचिव केवलप्रसाद भन्डारीले आज पत्रकार सम्मेलनको आयोजना गरेर कर्णालीमा कर्मचारी अभाव देखिएको बताउनुभयो।

उहाँले कर्णालीको पिछडिए क्षेत्र कोटाबाट समायोजन भएका कर्मचारीहरुनै कर्णाली आउन नमान्दा झनै समस्या हुने गरेको बताउनुभयो।बार्इट १

उहाँले धेरै बजेट भौतिक मन्त्रालय अन्तरगत रहने भएकाले कर्मचारीहरु नहुदाँ सडक, सिचार्इ खानेपानी लगायतका मुख्ययोजनाका काम हुन नसकेको जिकिर गर्नुभयो।

मुख्य सचिव भन्डारीले कर्मचारी भर्ना गर्न संघीय सरकारमार्फत लोकसेवा आयोगलाई आग्रह गर्दापनि संघिय सरकारले साचो नदिदाँ समस्या आएको बताउनुभयो।बार्इट २

उहाँले कर्मचारी नहुदाँ खर्चको अख्तियारी गर्ने कामहुन नसक्दा बजेट खर्च हुन नसकेको ठोकुवा गर्नुभयो।

उहाँले कर्णाली प्रदेशलाई कर्मचारीको रोजाइमा पार्न भौगलिक क्षेत्र हेरे सेवासुविधाको व्यवस्था गर्नेगरी छलफल भर्इरहेको बताउनुभयो।

यसैबीच कर्णाली सरकारले एउटा मन्त्रालयका कार्यालयहरू छुट्टाछुट्टै नराखी एकीकृत गरेर काम थालेको जनाएको छ।

कर्णाली सरकारले अव आफ्ना सबै गतिविधिहरु वर्इवसार्इडमा राख्रेर छिटो छरितो जानकारी गराउने जनाएको छ।

Share.

About Author

Leave A Reply