कर्मचारी समायोजनका कारण बजेट कार्यान्वयनमा असर।

0

वैशाख-३१सुर्खेत।बजेट कार्यान्वयन निकै कमजोर रहेको भन्दै आलोचना भइरहेका बेला कर्णाली प्रदेस सरकारले भने कर्मचारी समायोजन लगाएत कारणमा बजेट कार्यान्वयनमा असर परेको दाबी गरेको छ।मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्ने भएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता विमला केसीले समायोजनले सरकारलाई आर्थिक वर्ष सकिनै समस्या भएको बताउनु भयो ।पहिल्यै कर्मचारी कम भएको कर्णाली प्रदेशमा समायोजन भएर कर्मचारी अन्तै गएपछि अहिले सरकार बिरामी अवस्था जस्तै भएको उहाँको तर्क छ ।भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले सरकारले आशा गरेअनुसार बजेट कार्यान्वयन हुने सम्‍भावना कम रहेको भन्दै चालु आर्थिक वर्षमा पूर्वाधार तर्फ १० अर्ब रुपैया  छुट्याइएको बताउनु भयो।आगामी दिनमा सरकारले १ करोड रुपैयाँभन्दा साना आयोजना निर्माण नगर्ने र निर्माण गर्नुपर्ने भए समानीकरण अनुदानमार्फत गर्ने सरकारको योजना रहेको उहाँको भनाइ छ।कर्णाली प्रदेश सभाको बजेट अधिवेशन आगामी जेठ १० गते दिउँसो ३ बजेको आह्‍वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको प्रदेश सरकारका प्रवक्ता केसीले बताउनु भयो।मन्त्रिपरिषद्को बैठकले कर्णाली प्रदेश पर्यटन बोर्ड गठन आदेश २०७६ र कर्णाली पूर्वाधार विकास प्राधिकरण गठन, काम, कर्तव्य र अधिकारसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामाथि थप छलफलका लागि प्रदेश मन्त्रिपरिषद् प्रशासन तथा विधेयक समितिमा पठाउने निर्णय गरेको छ।यस्तै उधोग पर्यटन बन तथा वाताबरण मन्त्रालयद्वारा कर्णली प्रदेश बोर्ड गठन २०७६ र प्रस्ताबित कर्णाली पूर्बाधार बिकाश प्राधीकरण गठन काम कर्तब्य अधिार सम्मन्धी ब्याबस्था गर्न बनेको बिधेकको छलफलकालागि मन्त्रीपरिषदमा पठाउने निर्णय भएको छ भयो ।

 

 

Share.

About Author

Leave A Reply