कला साँस्कृति लोप हुन लागेको प्रति चिन्ता।

0

फागन २६ सुर्खेत-कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा नाट्य घरको स्थापना गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन।२३ गते देखि सुर्खेतको वीरेन्द्रनगरमा संचालन भईरहेको रारा राष्ट्रिय नाटक महोत्सवका सन्र्दभमा रहेर आयोजित नाट्य विमर्श कार्यक्रममा समालोचक डाक्टर दिपक गौतमले नाट्य घरको स्थापनाका लागि सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो।सुर्खेतमा नाटकको विकास सम्बन्धी कार्यपत्र प्रस्तुतगर्दै डाक्टर गौतमले कलाकारहरुको पारिश्रमीकका विषयमा पनि सरकारले ध्यान दिनुपर्ने बताउनुभयो।प्रज्ञा प्रतिष्ठानको स्थापना गरेर कला क्षेत्रलाई व्यवस्थित रुपमा अघि बढाउनुपर्ने उहाँको भनाई छ।उहाँले कला साँस्कृतिहरु लोप हुने अवस्थामा पुगेको प्रति चिन्ता जनाउदै साहित्यको विकासको लागी सबै आआफ्ना क्षेत्रबाट जुट्नुपर्ने समय आएको बताउनुभयो।यता गौतमको कार्यपत्र माथि टिप्पणी गर्दै मध्यपश्चिमाञ्चल विश्वविधालयका प्राध्यापक खोपीराम लम्साल र वरिष्ठ कलाकार प्रेमदेव गिरीले कलामा धनी रहेको सुर्खेतमा नाट्य गतिविधीलाई थप बढाउँदै लैजानुपर्नेमा जोड दिनुभयो।कार्यक्रमका सहभागीहरुले नाट्य क्षेत्रको विकासका लागि सरकार बढि जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन।यस्तै कार्यक्रममा प्रविन पुमाले नेपाली नाट्कारीताको व्यावसायिक विकास र चुनौती विषय माथि केन्द्रित रहे कार्यपत्र प्रस्ततु गर्नुभएको छ।उहाँले नेपाली नाटकलाई अब व्यावसायीकता तर्फ लैजानुपर्नेमा जोड दिनुभययो ।समाजमा महत्वपूर्ण विधाका रुपमा रहेको नाटकलाई निरन्तरता दिन नसकिरहेको अवस्थामा सरकारले यसलाई विशेष महत्व दिनुपर्नेमा सरोकारवालाहरुको जोड छ।

 

 

Share.

About Author

Leave A Reply