काँक्रेविहारलाई पर्यटकीय गन्तव्य बनाइने।

0

जेठ-२२ सुर्खेत।कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल काँक्रेविहारलाई आकर्षक पर्यटकीय गन्तव्य वनाउन योजना बनिरहेको प्रदेश सरकारले जनाएको छ।

विश्व वातावरण दिवसको अवसरमा आज क्राकेबिहारमा भएको सरसफाई तथा वृक्षारोपण कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले पुरातात्विक र ऐतिहाँसीक महत्व वोकेको काँक्रेविहारको संरक्षणमा सबै जुट्नुपर्ने बताउनु भयो।

ऋषि, महर्षिहरुको साधनास्थल रहेको काँक्रेविहारलाई कर्णाली प्रदेशको आकर्षक पर्यटकीय गन्तव्य वनाउने योजनामा प्रदेश सरकार रहेको उहाँको भनाई छ।

मुख्यमन्त्री शाहीले काँक्रेविहारमा अहिले रहेको पिकनिक स्थललाई हटाएर व्यवस्थित पार्क निर्माण गरिने भन्दै यसलाइ खुल्ला ‘जु’को रुपमा विकास गरिने वताउनु भयो।

विश्व वातावरण दिवसको अवसरमा प्रदेश सरकारका विभिन्न मन्त्रालयका पदाधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय क्लवहरुको सहभागितामा काँक्रेविहार क्षेत्रमा सरसफाई गर्नुको साथै वृक्षारोपण गरिएको हो ।

यसैगरी बुलबुले उद्यान र देउती बज्यै मन्दिरका साथै बीरेन्द्रनगर ६ मा रहेको राममन्दिरमा पनि बृक्षरोपण गरिएको बीरेन्द्रनगर नगरपालिका कार्यालयले जनाएको छ ।

नगरपालिकाले दिवसको अवसरमा वातावरण तथा सरसफाइको क्षेत्रमा उल्लेख्यनिय काम गरेको भन्दै का विङ्गस फाउन्डेसन सुर्खेतका अध्यक्ष डा.नवराज के.सी. र वडा नंम्बर ६ मा रहेको शान्ति टोल विकास सस्थालाई सम्मान गरेको छ ।

 

 

Share.

About Author

Leave A Reply