काँक्रेविहार तोडफोड गर्नेलाइ कारवाहीको माग ।

0

साउन २३,सुर्खेत-सुर्खेतको बीरेन्द्रनगर ९ लाटिकोइलीमा रहेको काँक्रेविहार क्षेत्रमा भएको तोडफोड गर्नेलाइ कारवाहीको माग गरिएको छन।

पुरातात्विक तथा ऐतिहासिक स्थल काँक्रेविहार पुनर्निर्माणको अन्तिम चरणमा पुगिरहेको बेला गेटको गजुर र काउन्टर तोडफोड भएको हो।

अज्ञात समूहले गेट भत्काउने, गजुर र काउन्टर तोडफोड गर्ने गरेको जनार्इएको छ।

काँक्रेविहार भग्नावशेषको संरक्षणका लागि लगाइएको तारवार र त्यहाँ बनाइएको गेट तथा टिकट काउन्टर तोडफोड गरिएको छ।

बौद्द गुम्बा निर्माण तथा संरक्षण समितिले घटनाको भत्सना गर्दै दोषिलार्इ हदै सम्मको कारवाहि गर्न विज्ञप्तिमार्फत माग गरिएको छ।

मन्दिरको टुप्पामा राखिएको थैला पनि च्यातचुत पारिएको छ भने पश्चिमतर्फको गेटको गजुर भाच्चिएको छ।

काँक्रेविहारको सुरक्षाका लागि थप हेरालुको व्यवस्था गर्नुपर्ने माग समेत गरिएको छ।

यता जिल्ला प्रहरी कार्यालय सुर्खेतले तोडफोड गर्नेहरु विरुद्द खोजि कार्यजारी रहेको बताएको छ।

 

 

Share.

About Author

Leave A Reply