काँक्रेविहार यातायात व्यवसायी संघ आन्दोलित।

0

असार-२५ सर्खेत।सुर्खेतको बीरेन्दनगरमा रहेको काँक्रेविहार यातायात व्यवसायी संघका यातायात व्यवसायीहरु दुइदिन देखि आन्दोलित भएका छन।काँक्रेविहार यातायात व्यवसायी संघले प्रयोग गर्दै आएको टिकट काउन्टरलाई बाडेँर काँक्रेविहार यातायात प्रालिलाई टिकट बुकिङ काउण्टरमा सञ्चालन गर्न अनुमती दिएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन। व्यवसायीहरुले बीरेन्दलनगर नगरपालीका कार्यलय अगाडी सवारी साधन सहित धर्ना दिएका छन।

 

वीरेन्द्रनगर नगरपालिकाले आफुहरुको सहमती बिना नै काँक्रेविहार यातायात प्रालिलाई टिकट बुकिङ काउण्टरमा दिएकाले आन्दोलनमा उत्रिनुपरेको व्यवसायी संघका पुर्व सचिव रमेशप्रसाद सापकोटाले जानकारी दिनुभयो।उहाँले नगरपालीकाले आफुखुशि मनपरी रुपमा गरेको गलत निर्णय नसच्यि  आफुहरु कडा रुपमा प्रस्तुत हुने चेतावनी दिनुभयो। नगरपालिका,काँक्रेविहार यातायात व्यवसायी संघ बिचमा छलफल भएपनि निश्कर्ष विहिन भएको थियो।

 

यता नगर उपप्रमुख मोहनमया ढकालले अस्थायी रुपमा केहि समय सम्मको लागि मात्र त्यो ठाउँ दुवै व्यवसायीहरुलाई समान रुपमा मिलेर सञ्चालन गर्नको लागि नगरपालिकाले अनुमति दिएको बताउनुभयो। 

उहाँले सिटी बसपार्क सञ्चालनमा आए पछि समस्याको समाधान हुने भन्दै व्यवसायीहरुलार्इ मिलेर जान आग्रह गर्नुभयो।

Share.

About Author

Leave A Reply