काँग्रेसकाे पहिलो चरणको जागरण अभियान सकियाे।

0

जेठ-२६ सुर्खेत।नेपाली काँग्रेसले संञ्चालन गरेको हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान समापन भएको छ।

गत बैशाख २५ गतेदेखी सुर्खेतसहित देशभर शुरुभएको पहिलो चरणको अभियान समापन भएको छ।

सुर्खेतका ९ वटै स्थानियतहरुमा अभियान संञ्चालनपछि पार्टीकार्यलय सुर्खेतमा अभियानको समापन गरिएको हो।

समापन कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले जागरण अभियानले काँग्रेस भित्र उत्साह थपिएको बताएका छन।

उनिहरुले अभियानले पार्टीभित्र देखिएको मनमुटाबलाइ अन्त्य गरेको भन्दै अव संगठन निर्माण सबै एकजुट भएर लाग्नुपर्नेमा जोडदिएका छन।

नेताहरुले यो अभियानले काँग्रेसमा नयाँ शन्देशको आशा पलाएको भन्दै अव शसक्त भएर अगाडी बढ्न् नेतृत्वलाइ आग्रह गरेका छन।

सुर्खेतका विभिन्न ठाँउबाट बीरेन्द्रनगरमा आएका नेताहरुले भावनात्मक रुपले अगाडी बढे अर्को निर्बाचनमा काँग्रेसलाइ कसैले पराजित गर्न नस्कने ठोकुवा गरेका छन।

उनिहरुले गाँउमा जनता एकजुट भएको तर नेताहरु गुटउपगुटमा लाग्दा पार्टी कम्मजोर बन्दै गएको भन्दै सचेत रहन आग्रह गरेका छन।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा जागरण अभियानका केन्द्रिय प्रतिनिधि जीबनबहादुर शाहीले जागण अभियान पछि काँग्रेसमा जागरण पलायको बताउनुभयो।

उहाँले दुइतिहाइको दम्बको नाममा सरकार मनमपरीरुपमा अगाढी बढेको भन्दै अव काँग्रेस जुरुमुराउने बेला आएको बताउनुभयो।

उहाँले पाटी भित्र भएका कमी कम्मजोरीलाइ सुधार गरेपछि काँग्रेस भविष्य भएको भन्दै संगठन निर्माणमा जुट्न नेता कार्यकर्तालाइ आग्रह गर्नुभयो।

कर्णाली प्रदेश सभाका प्रमुख प्रतिपक्षदलका नेता समेत रहनुभएका शाहीले वर्तमान सरकार जनता आधारभुत आबश्यता पुरागर्न छोडेर भाषणमा रुमलिएको आरोप लगाउनुभयो।

उहाँले काँग्रेसले गरेको राम्रो कामको प्रचारप्रशारण गर्ननस्कदा त्यसको फार्इदा विपक्षले बताउनुभयो।

कार्यक्रममा नेपाली काँग्रेस सुर्खेतका सभापती कमलराज रेग्मीले जागरण अभियानसंगै काँग्रेस एकताबद्भ भएको भन्दै अव एकजुट भएर अगाडी बढ्ने बताउनुभयो।

 

यस्तै पाटी सचिब भुपेन्द्र खत्री, कोषाध्यक्ष अन्नत पौडेल,क्षेत्रिय सभापति खड्क प्रोखरेल, नरायणकुमार कोइराला, लालविर भन्डारी, महिलासंघका केन्द्रिय कोषाध्यक्ष जानकीसिहँ, टेड्र युनियन काँग्रेसका केन्द्रिय सदस्य जयबहादुर विसी,तरुणदलका अध्यक्ष हरिबिष्ट, दलितसंघ सुर्खेतका अध्यक्ष भिमबहादुर शाही परियार लगायतले पार्टीभित्रका कमिकमजोरीहरुको अध्ययन गरेर पार्टीलाइ नयाँ जारगसहित अघि बढाउनुपर्नेमा जोडदिएका छन।

 

नेताहरुले कर्णाली सरकारले चालुआर्थिक बर्षको बजेट १२ प्रतिशत सम्मपनि खर्चगर्न नस्कनुले सरकार असफल भएको टिप्पणी गरेका छन।

कार्यक्रममा नेपाली काँग्रेसक भातृ तथा शुभेच्छुक संस्था प्रतिनिधिहरु, लगायतका नेताहरुले सम्बोधन गरेका छन।

कार्यक्रम नेपाली काँग्रेस सुर्खेतका सभापती कमलराज रेग्मीको सभापतित्तमा सम्पन्न भएको हो।

यसैबीच आज कांग्रेस नेता तथा पुर्व महामन्त्री प्रकाशमान सिहँले सुर्खेतमा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम रहेको छ।

अहिले बिहान ७ बजे पार्टी कार्यलयमा नेता तथा कार्यकर्तासंग भेटघाट कार्यक्रमको आयोजना गरिएको पार्टी सभापती कमलराज रेग्मीले जानकारीदिनुभयो।

Share.

About Author

Leave A Reply