कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालकालागि स्थगित ।

0

चैत २४-सुर्खेत।नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालकालागि स्थगित गरिएको छ ।पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने मुख्य एजेन्डासहित पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो ।शीर्ष नेताहरुबीच कार्यसम्पादन समितिमा भागबन्डा नमिलेपछि सभापति शेरबहादुर देउवाले बैठक स्थगित गर्नुभएको हो  ।सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच केन्द्रीय कार्यसम्पादन समिति गठनका विषयमा सहमति जुटेको बताइएपनि नेता कृष्णप्रसाद सिटौलाले असहमति जनाउनु भएको छ।दुवै पक्षले आ–आफ्ना तर्फबाट सदस्यको नाम पनि टुंग्याउन सकेका छैनन् ।कांग्रेसको नयाँ विधानमा २८ ओटा विभाग गठन गर्ने व्यवस्था गरिएको भएपनि  सभापति देउवाले विभाग गठन गर्न नसकेको वरिष्ठ नेता पौडेल र नेता सिटौला पक्षको आरोप छ ।विभाग गठनकालागि देउवामाथि दबाब परेपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले अनुशासन समिति, निर्वाचन समिति यसअघि नै गठन गरिसकेको छ ।

Share.

About Author

Leave A Reply