कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरुको टुंगो लगायाे।

0

पुष -२०।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रियसभाका निर्वाचनका लागि उम्मेदवारहरुको टुंगो लगाएको छ।

सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले राष्ट्रियसभाका १६ उम्मेदवार तय गरेको हो।

कर्णाली प्रदेशमा महिला तर्फ सावित्री पौडेल र अन्यबाट डिल्लीराम पाठक उम्मेद्वार बन्नु भएको छ।

सुदूरपश्चिम प्रदेश महिलाबाट तुलसी देवकोटा र अन्यबाट प्रताप ठगुन्नालाई उम्मेदवार बनाउने निर्णय भएको छ।

प्रदेश १ बाट दलितमा निरबहादुर विश्वकर्मा, महिलामा मिना पुलामी मगर र अन्यमा राजेन्द्र घिमिरेलाई उम्मेदवार बनाइएको छ।

प्रदेश २ बाट महिलामा नगिना यादव र अल्पसंख्यक/अपाङ्गताको कोटामा भोला पन्जियारले टिकट पाएका छन।

दलित र अन्य पदमा भने कांग्रेसले समाजवादी पार्टीलाई सघाउने बताएको छ।

प्रदेश ३ मा महिलाबाट छलीकुमारी शर्मा उपाध्याय र अन्यमा हरिशरण श्रेष्ठले टिकट पाएका छन।

यस्तै गण्डकी प्रदेशबाट अन्यमा सूर्यप्रसाद रेग्मी र महिलामा विमला गौचन तथा प्रदेश ५ बाट अन्यमा बालकृष्ण पाण्डे, महिलामा गिरिजा न्यौपाने र अल्पसंख्यंक/अपांगता कोटामा मेराज हलवाई उम्मेदवार बनाइएको कांग्रेसले जनाएको छ।

 

 

Share.

About Author

Leave A Reply