कांग्रेससहित ६ दलले चुनावी तालमेल गर्ने

0

सुर्खेत, असोज १९ –
नेपाली कांग्रेससहित ६ दलले चुनावी तालमेल गर्ने भएका छन् । प्रधानमन्त्रिको सरकारी निवास बालुवाटारमा बसेको ६ दलको संयुक्त बैठकले नेपाली कांग्रेस संघीय समाजवादी फोरम, नेपाल तोकतान्त्रिक फोरम लोकतान्त्रिक, राष्ट्रिय जनता पार्टी नेपाल, राप्रपा नेपाल र राप्रपा प्रजातान्त्रिकबीच चुनावी तालमेल गर्ने सहमति भएको हो। यसअघि एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले वृहत वाम एकता गर्दै चुनावी तालमेल गरेपछि त्यसको भोलिपल्टै कांग्रेसहित ६ दलले पनि चुनावी तालमेल गर्ने निर्णय गरेका हुन्।माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेल गर्ने निर्णय गरेसँगै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सहकार्यका लागि पहल सुरु गर्नुभएको थियो। कांग्रेससहित ६ दलबीच गठबन्धन निर्माण गर्न ७ सदस्यीय कार्यदल बनाउने निर्णय भएको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो। कार्यदलमा नेपाली कांग्रेसबाट २ जना र अरु ५ दलबाट एक–एक जना सदस्य रहनेछन्।पार्टीको सिफारिसका आधारमा आज बिहानसम्म कार्यदललाई पूर्णता दिइने नेता निधिले जानकारी दिनुभयो । यसैबिच नयाँ लोकतान्त्रिक गठबन्धनले वाम एकता गरेको माओवादी केन्द्रले समर्थन फिर्ता लिए पनि सरकार नढल्ने दाबी गरेको छ। ६ दलसँग ३ सय २ जना सांसदले रहेकाले माओवादी सरकारबाट फिर्ता भए पनि सरकार नढल्ने नेता निधिले दाबि गर्नु भएको छ।चुनावी तालमेलले दुई विपरीत विचारधाराका पार्टी कमल थापा नेतृत्वको राप्रपा नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम पहिलोपटक एकै ठाउँमा आएका छन्।राजसंस्थाका पक्षमा रहेको राप्रपा नेपाल र गणतन्त्रका पक्षमा रहेको फोरम नेपालले पहिलो पटक गठबन्धन गरेका हुन्। बैठकले एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीचको तालमेल अप्राकृतिक भएको दाबी गरेको छ।

Share.

About Author

Leave A Reply