कांग्रेस सुर्खेतले पहिलो चरणको अभियानको समापन गर्ने।

0

जेठ-२० सुर्खेत।नेपाली कांग्रेस सुर्खेतले पहिलो चरणको अभियानको समापन यही जेठ २५ गते भव्यरुपमा गर्ने निर्णय गरेको छ।आज पाटी कार्यलय सुर्खेतमा बसेको बैठकले गत बैशाख २३ गतेदेखि थालिएको कांग्रेसको पहिलो चरणको जनजागरण अभियान अहिलेसम्म सफल भएको र पहिलो चरणको अभियानको समापन भव्यरुपमा गर्ने निर्णय गरेको छ।पार्टी सभापति कमलराज रेग्मीको अध्यक्षतामा   बसेको बैठकले समापन यही जेठ २५ गते दिउँसो १ बजे पार्टी कार्यालयमा गर्ने निर्णय गरेको छ।पहिलो चरणमा जिल्लाका एक दर्जन स्थानहरुमा केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशसभा प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीको नेतृत्वमा अभियानहरु सम्पन्न भएका छन। पहिलो चरणको अभियान पूर्णरुपमा सफल भएको र यसले कार्यकर्ताहरुमा उत्साह थपिएको पाएको कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले बताउनुभयो।उहाँले कांग्रेसको जागरण अभियानले गाउँगाउँमा कार्यकर्ताहरु उत्साहित भएको, संघीयता अनुसार पार्टीको पनि संरचना हुनुपर्ने, पार्टीभित्रको गुट उपगुटको राजनीतिक अन्त्य हुनुपर्ने र एकताबद्ध भएर गएमा आगामी निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने सुझाव कार्यकर्ताहरुबाट प्राप्त भएको बताउनुभयो।अभियानको पहिलो चरणको समापन कार्यक्रममा सहभागीहुन पार्टीका भातृ संगठन, शुभेच्छुक संघसंगठनहरुलाई आग्रह गरिएको सभापति रेग्मीले बताउनुभयो।

 

 

Share.

About Author

Leave A Reply