कार्यकर्ता विरुद्ध झुठा मुद्दा लगाएकाे भन्दै कांग्रेसकाे दबाब।

0

असार-२३ सर्खेत।आफ्ना कार्यकर्ता विरुद्ध झुठा मुद्दा लगाइएपछि आन्दोलनमा रहेको नेपाली कांग्रेस बाँकेले जिल्ला प्रहरी कार्यालयमा दबाब दिएको छ।दोषी रहेका समाजबादी पार्टीका कार्यकर्तालाई सार्वजनिक मुद्दा लगाइएको तर निर्दोष रहेका आफ्ना कार्यकर्ताहरु विरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत्को मुद्दा चलाएर प्रहरीले गम्भीर अन्याय गरेको भन्दै आन्दोलनमा रहेको नेपाली कांग्रेस बाँकेले दिनभर जिल्ला प्रहरी कार्यालयमा दबाब दिएको हो।

 

संघर्ष समितिका संयोजक समेत रहनुभएका पार्टी सभापति किरण कोइरालाले प्रहरीले कांग्रेसलाई झुक्याएर सत्ताको दबाबमा घटनालाई मोडेर गम्भीर गल्ती गरेको बताउनुभयो।घटनालाई थप जटिल बनाएर आफ्ना निर्दोष कार्यकतालाई फसाउने समाजबादी पार्टीको डिजाइनमा प्रहरीले साथ दिएको उहाँले जिकिर गर्नुभयो।डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले आफ्ना निर्दोष कार्यकर्ता विरुद्ध ज्यान मार्ने मुद्दा चलाएकोप्रहरीलाई आफूहरु विरुद्ध पनि मुद्दा चलाउन चुनौति दिनुभयो।

 

सभापति किरण कोइरालाको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय पुगेको कांग्रेस टोलीमा पूर्व सांसद्, प्रदेश सांसद्, अगुवा नेता कार्यकर्ता सहभागी थिए।असार १२ गते डुडुवा गाउँपालिका ४ मा भएको घटनामा प्रहरीले कांग्रेस कार्यकर्ता विरुद्ध ज्यान मार्ने मुद्दा र समाजबादी पार्टीका कार्यकर्ता विरुद्ध सार्वजनिक मुद्दा चलाएको छ।एउटै घटनामा आफ्ना निर्दोष कार्यकर्ता विरुद्ध प्रहरीले गम्भीर प्रकृतिको मुद्दा चलाएको र सत्तारुढ पार्टीकाकार्यकर्तालाई सामान्य मुद्दा चलाएको भन्दै नेपाली कांग्रेस बाँके आन्दोलनमा छ।आन्दोलन अन्तर्गत् अहिले विहान १० बजे जिल्ला प्रशासन कार्यालयमा धर्ना दिइने युवा नेता सुधांशु कोइरालाले बताउनुभयो।

 

 

Share.

About Author

Leave A Reply