कार्यविधि विना निर्माण भइरहेको स्मृति प्रतिस्ठान रोक्न माग ।

0

जेठ ९ ,  सुर्खेतको वीरेन्द्रनगर ६ घन्टाघर नजिक क्याप्टेन दिनेश स्मृति प्रतिस्ठान निर्माण भर्इरहेकाको भन्दै स्थानियले तत्काल रोक्न माग गरेका छन।

बीरेन्द्रनगरको ६ र ८ को बीचमा पर्ने घन्टाघरपार्क पछाडीको खुल्ला चौरमा प्रतिस्ठान निर्माण भर्इरहेको भन्दै स्थानियले बिरोध जनाएका छन।

उनिहरुले प्रदेश सरकारले विना कार्यविधि स्मृति प्रतिस्ठान बनाउन लागेको भन्दै आपति जनाएका छन।

वीरेन्द्रनगर नगरपालिकाको स्वामित्वमा रहेको जग्गामा आफुखुशि प्रतिस्ठान बनाउन लागेको भन्दै सरकारको ध्यानआकर्षण गराएका छन।

प्रतिस्ठानको लागी कर्णालीको उधोग, पर्यटन वन तथा वातावरण मन्त्रालय र सशर्त अनुदानबाट गरेर ७० लाख बजेट छुटाएको छ।

केही नागरिक अगुवाहरुले पनि विनाकार्यविधि प्रतिस्ठान बनाउन लागेको भन्दै बीरेन्द्नगर नगरपालिकामा रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन।

उनिहरुले नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाललार्इ ज्ञापनपत्र बुझाँउदै तत्काल प्रतिस्ठान बनाउने काम रोक्न माग गरेका छन।

कुनैपनि पार्क निमाण वा स्मृति प्रतिस्ठान बनाउने कार्यविधि, कार्ययोजना हुदाँहुदै पनि हचुवाको भरमा सरकारले काम थालेको स्थानियको भनार्इ छ।

स्थानियले काम तत्काल नरोके आफुहरु कडारुपमा प्रस्तुतहुने भन्दै निति र नियम संग चल्न सरकारलार्इ आग्रह गरेका छन।

यता मन्त्रालयका सुचना अधिकारी शेरबहादुर रोकायले प्रदेश सरकारले स्थानियसंग समन्वय गरेर निर्माण गर्न प्रतिस्ठानलार्इ आफुहरुले जिम्मा दिएको बताउनुभयो।

उहाँले कर्णालीको उधोग,पर्यटन वन तथा वातावरण मन्त्रालयको ४० लाख र अन्य शसर्त रकम खर्च गरेर प्रतिस्ठान निर्माण गर्न लागेको छ।

 

 

Share.

About Author

Leave A Reply