किराको प्रकोपले धान बालीमा नोक्सानी हुन थालेपछी बर्दियाका किसानहरु चिन्तित।

0

असोज–२५बर्दिया।बर्दियाको गुलरिया नगरपालिकाका विभिन्न स्थानमा फैलिएको फौजी किराको प्रकोपले पाकेको धान बालीमा नोक्सानी हुन थालेको भन्दै किसानहरु चिन्तित भएका छन।फौजी किराले गुलरियाको थारु पर्सिया,मथुराहरद्वार,खैरापुर क्षेत्रका धानवालीमा असर गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।किराले धानको बाला काटि क्षति पुरयाएपछि जिल्ला कृषि विकास कार्यालयको टोलीले त्यसक्षेत्रमा अवलोकन गरेको छ।पुतली प्रजातिको एक प्रकारको लार्भाले काटन बाकी धानको बाला काटेर नष्ट पार्न थालेको जिल्ला कृषि विकास कार्यालय बर्दियाका प्रमुख परशुराम रावतले बताउनु भयो।दिउसो शान्त भएर बस्ने तर राति र बादल लागेको बेला मात्र सक्रीय रहने एक प्रकारको किराले धानको बाला काट्ने र खाने गरेको उहाँले बताउनुभयो।सुख्खा र घमाइलो मौसममा फैलने र हुर्कने फौजी किराको नामले पनि चिनिने यो किराको हुलले एकै रातमा पनि ठूलो नोक्सानी पार्ने गरेको कृषि प्राविधकहरु बताएका छन्।फौजी किराको प्रकोप देखापरेका स्थानहरुको किसानलाई जिल्ला कृषि विकास कार्यालयले निःशुल्क रुपमा बिषादी बितरण गर्ने जनाएको छ।कार्यालयले बिषादी लिन चाहने कृषकहरुलाई जिल्ला कृषि विकास कार्यालयमा सम्पर्क गर्न अनुरोध आग्रहर समेत गरेको छ।फौजी किराबाट धानवाली जोगाउनको लागि जिल्ला कृषि विकास कार्यालयले स्थानीय तहका कार्यरत आफना प्राविधिक मार्फत सचेतना कार्यक्रम पनि सञ्चालन गर्ने लागेको कार्यालयले जनाएको छ।अत्याधिक विषादी प्रयोग गरिने र लामो समयदेखि खडेरी परेको स्थानहरुमा यस प्रकारको किराको प्रकोप देखिने गरेको छ।

Share.

About Author

Leave A Reply