किशोरीको हत्या गरेको आरोपमा पक्राउ परेका एकजनालार्इ सुर्खेत प्रहरीले सार्वजनिक गर्यो।

0

वैशाख–३सुर्खेत।४ महिना अघि वेपत्ता भएका २१ वर्षिय किशोरीको हत्या गरेको आरोपमा सुर्खेत प्रहरीले पक्राउ गरेको एक जनालाई सार्वजनिक गरेको छ।पंञ्चपुरी नगरपालिका २ सालकोटका गिता चपाईको हत्या गरेको आरोपमा प्रहरीले सुर्खेत बराहताल गाउपालिका ९ कुनाथरीका सुवास बोहोरलाई पक्राउ गरी सार्वजनिक गरेको हो।केन्द्रिय अनुसन्धान ब्युरो सिआईबी र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त अनुसन्धान टोलीले बोहोरालाई काभ्रेपलाञ्चोक भुम्ति गाउपालिका ४ पोखरी चौबासबाट पक्राउ गरेको जनाएको छ ।जिल्ला प्रहरी कार्यालय सुर्खेतले गरेको पत्रकार सम्मेलनमा एसपी उमाप्रसाद चर्तुवेदीले बैशाख २८ गते काभ्रेमा पक्राउ परेका बोहोरालाई सुर्खेत ल्याएर अनुसन्धान गर्दा गिताको हत्या सुवासले नै गरेको भन्ने खुल्न आएको बताउनु भयो ।एसपी चर्तुवेदीले अनुसन्धानका क्रममा गिता र सुवास प्रेम सम्बन्धमा रहेको र गिताले विहे गर्न पटकपटक सुवासलाई दबाब दिए पनि सुवासले बिहे गर्न नमान्दा उनीहरुबिच मनमुटाव भएको खुलेको बताउनु भयो ।एसपी चर्तुवेर्दीले बिहे गर्ने बाहाना बनाई सुवासले गत पुस ४ गते राति ११ बजे वनखोलामा लगेर धकेलेको बयान दिएको जानकारी दिनुभयो ।सुवासले पत्रकार सम्मेलनमा ५ फिट माथिबाट खोलामा धकेल्दा खोलाको ढुंगामा टाउको ठोक्किएर गिताको ज्यान गएको  स्वीकार गर्नुभएको छ ।वेपत्ता भएको १ महिना पछि पंचपुरी नगरपालिकाकै वडा नबर ९ जामुने वनमा गीताको टाउको कंकाल फेला परे पछि प्रहरीले थप अनुसन्धान गरेको जनाएको छ।डिएसपी श्याम सिंह चौधरीले २०७४ बैशाखदेखि सुवास र गिताबिच चिनजान भएको र फेस्बुकमा भएको कुराकानीका आधारमा थप रहस्य पत्ता लागेको जानकारी दिनुभयो। सुवास विरुद्ध कर्तव्य ज्यान अन्र्तगत जाहेरी प्राप्त भएपछि थप अनुसन्धान प्रक्रिया अघि बढाईएको चौधरीले जानकारी दिनुभयो ।सुर्खेतका यातायात व्यवसायीहरुले सडक दुर्घटना न्युनिकरणकालागि सवारी चालक र यात्रुलाई सचेत गराउनु पर्नेमा जोड दिएका छन्।ट्राफिक सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सुर्खेतका यातायात व्यवसायीहरुले सरकारले स्वयम गाडि चालक र पैदल यात्रुलाई सचेत बनाउनुपर्नेमा जोड दिएका हुन्।अन्तरक्रियामा काक्रेबिहार बस व्यवसायी समितिका सचिव रमेश सापकोटाले चालकलाई सवारी नियम सम्बन्धी जानकारी, सवारी साधन प्रयोगकर्ताले पु¥याउनु पर्ने सावाधनी, पैदलयात्रुहरुले पु¥याउनुपर्ने सावधानी बारे जानकारी दिनुपर्ने औंल्याउनु भयो ।

Share.

About Author

Leave A Reply