केपिएलको उपाधि फेरी पनिआर्मीकै पोल्टामा ।

0

बैशाख २१, सुर्खेत।

विभागिय टोली आर्मी क्लबले सुर्खेतको बीरेन्द्रनगरमा सम्पन्न कर्णाली प्रिमियर लिग केपिएलको दोस्रो संस्करणको उपाधि पनि जितेको छ।आज भएको फार्इनलमा न्यू होरार्इजन बुटवललाइ५९ रनले हराउँदै साबिक बिजेता समेत रहेको आर्मीले उपाधिसंगै पाँच लाख रुपैयाँ हात पारेको छ।उपविजेता बनेको न्यू होराइजन बुटवलले भने दुर्इ लाख रुपैयाँमा चित्त बुझाएको छ।१४७ रनको लक्ष्य पाएको न्यू होराइजनले १८ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर  ८७ रन मात्र बनाएपछि फराकिलो हार भोगेको हो।टोलीकालागि बिशाल सुनार २६ र निश्चल चौधरीले १९ रन बनाउँदा राहुल प्रजापतिले १२ सुनिल धमलाले ११ रन बनाएपनि अरुले दोहोरो अंकमा रन जोड्न सकेनन।  बुटबललाइ सम्तैमा समेट्ने क्रममा आर्मीका जितेन्द्र मुखियाले तीन ओभर तीन बलमा ८ रन र सहाब आलमले तीन ‌ओभरमा १३ रन दिएर समान तीन तीन विकेट हात पार्नुभयो।

टस जितेर ब्याटिङ गरेको आर्मीले हरिबहादुर चौहानको ५६ रनको अर्धशतिय पारीसंगै ६ विकेट गुमार १४६ रन बनाएको हो।आर्मीका राजु रिजालले ३४ रन जोडदा भिम सार्कीले सात बलमा तीन छक्का सहित अविजित २१ रनको आक्रमक पारी खेल्नु भयो।बुटकलका कप्तान शक्ति गौचन प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै ५० हजार हात पार्नु भयो।यसैगरी आयोजक कर्णाली एघारका कप्तान रबिन्द्रजंग शाहीले उकृष्ट ब्याट्सम्यान र आर्मीका सुसन भारीले उत्कृष्ट बलर बन्दै समान २० हजार पाउनु भएको छ।यसैबीच बैशाख १२ गतेदेखी शुरुभएको कर्णाली प्रिमियर लिग केपिएलको आज एक भव्य समाहरोका बिच सम्पन्न भएको छ।समापन समाहरोलार्इ सम्बोधन गर्दै नेपाल एथ्लेक्टिक्स संघका अध्यक्ष राजिवविक्रम शाहले कर्णालीमा गितलो खाल्को खेलमैदान नहुदाँ खेलाडीहरुले खेल परिक्षण गर्न नपाएको भन्दै सरकारको यस तर्फ ध्यानजान जरुरी रहेको बताउनुभयो। पुर्व सासंद समेत रहनुभएका शाहले खेलक्षेत्रले नै कर्णालीलार्इ चिनाउने भएकाले खेलको विकास गर्न जरुरी रहेको उल्लेख गर्नुभयो।उहाँले आफुले खेलक्षेत्रकै लागि भनेरले निकट भविस्यमा जुम्लामा एथ्लेटिक्स मैदान निर्माण गर्न लागेको बताउनुभयो।कार्यक्रममा सिम्ता गाँउपालिका अध्यक्ष कविन्दकुमार केसीले खेलक्षेत्रको विकासको लागी स्थानिय र प्रदेश सरकारसंगसगै हातेमालो गरेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो।उहाँले अहिले खेल क्षेत्रको विकास हुन नस्दाँ यसक्षेत्रका खेलाडीहरु पछाडी परेको भन्दै  खेलकुदको विकासको लागि सबै एकजुट हुनुपर्ने जिकिर गर्नुभयो।कार्यक्रममा उपत्यका नगरविकास समितिका अध्यक्ष नारायकुमार कोर्इरालाले कर्णालीमा यति ठुलो प्रतियोगिता हुन गौरवको विषय भएको भन्दै आगामी दिनमा यस्ता प्रतियोगिता संञ्चालन गर्न आबश्यक रहेको बताउनुभयो।उहाँले खेलक्षेत्रले नै विश्वलार्इ चिनाउने भएकाले सरकारले खेलक्षेत्रको विकासको लागी लगानी बढाउनुपर्ने उल्लेख गर्नुभयो।यसैबीच प्रतियोगिमा वीरेन्द्रनगर ३ का अमर बिकले गोलापर्था एउटा मोटसारसाइकल प्राप्त गर्नुभएको छ।८ टिम सहभागी भएको प्रतियोगितामा १५ वटा म्याच सञ्चालन भएका थिए।

 

 

Share.

About Author

Leave A Reply