केपिएलमा सेमीफाइनल पुग्ने चारवटै टोलीको टुंगो लाग्यो।

0

बैशाख १९- सुर्खेत।सुर्खेतको बीरेन्द्रनगरमा जारी कर्णाली प्रिमियर लिग केपिएलमा सेमीफार्इनल पुग्ने चार वटै टोलीको टुंगो लागेको छ।हिजाे भएको लिग चरणको अन्तिम खेलमा समूह बीमा रहेको शसस्त्र प्रहरीको एपिएफले महेन्द्रनगर किक्रेट एकेडेमीलार्इ १८ रनले हराउँदै समूह विजेता बन्दै अन्तिम चारमा प्रवेस गरेको छ।जित्नै पर्ने दबाब रहेको महेन्द्रनगर यो हारसंगै समूह चरणबाटै बाहिरिएको छ भने न्यू होरार्इजन बुटवल उपविजेता बन्दै सेमीफार्इनल यात्रा तय गर्न सफल भएको छ।एपीएफबाट १४४ रनको लक्ष्य पाएको महेन्द्रनगरले निर्धारित २० ‌ओभरमा ८ विकेट गुमाएर १२५ रनमात्र बनाउन सक्यो ।महेन्द्रनगरका सन्तोष भट्टले बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रर्दशन गरेपपनि टोलीको हार टार्न सक्नु भएन।तीन विकेट लिनुभएका भट्टले ३५ बलमा तीन छक्का र चार चौंका सहित ५० रनको अर्धशतिय पारी खेलेपनि जितकालागि पर्याप्त भएन ।महेन्द्रनगरका हेमन्त कार्कीले ३० रन जोड्दा एपीएफका कमलसिंह ऐरीले तीन तथा भुवन कार्कीले दुर्इ विकेट लिनुभयो ।टस जितेर पहिला ब्याटिङ गरेको बिभागिय टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४३ रन बनाएको हो ।राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको एपीएफकालागि सुमित मर्हजनले सर्वाधिक २६ र भुवन कार्कीले २० बनाएपनि अरुले खेल्न सकेनन ।महेन्द्रनगरका आकाश चन्द र सन्तोष भट्टले उत्कृष्ट बलिङ गर्दै समान तीन तीन विकेट हात पार्नुभयो ।समान चार ओभमा चन्दले १९ र भट्टले २० रन मात्र खर्चेर तीन तीन विकेट हात पार्नुभएको हो ।समूह ए बाट घरेलु टोली कर्णाली ११ समुह विजेता र आर्मी कल्ब उपविजेताको रुपमा सेमिफार्इनल पुगेका छन ।भाेलि हुने पहिलो सेमीफार्इनलमा समूह ए को बिजेता आयोजक कर्णाली एघार र समूह बीको उपविजेता न्यू होर्इजन बुटवल भिड्ने छन।यस्तै दोस्रो सेमीफार्इनलमा समूह बीको विजेता एपीएफ र समूह ए को उपविजेता आर्मी आमने सामने हुनेछन।

 

 

Share.

About Author

Leave A Reply