कैलालीको चौमाला कुचैनी सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा परी तीन जनाको ज्यान गयाे ।

0

चैत १४ कैलाली – पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको चौमाला कुचैनी सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा परी तीन जनाको ज्यान एको छ ।दुर्घटनामा परी कैलालीको साविक साडेपानी गाविसका ३० वर्षीय प्रकाश चौधरी, ३० वर्षकै हरिनारायण चौधरी र साविक मुनुवा गाविसका २३ वर्षीय रामलाल चौधरीको ज्यान गएको हो ।जिल्ला ट्राफिक प्रहरी कार्यालयले से५प २०७१ नम्बरको मोटरसाइकल सडक किनारमा रोकिराखेको लु३त ५०३२ नम्बरको ट्र्याक्टरको ट्रलीसँग ठोक्किँदा मोटरसाइकलमा रहेका तीनै जनाको मृत्यु भएको जनाएको छ ।दुर्घटनापछि घाइते दुई जनाको पद्मा अस्पताल अत्तरियामा र एक जनाको नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

Share.

About Author

Leave A Reply