कोरोना भाइरसका कारणएक जनाको मृत्यु।

0

जेठ ४ सुर्खेत,नेपालमा कोरोना भाइरस कोभिड-१९ बाट पहिलो मृत्यु भएको छ।

माघदेखि संक्रमण फैलिएको नेपालमा संक्रमितको संख्या २ सय ८१ पुगेपछि एकजनाले ज्यान गुमाएका हुन।

कोरोनाबाट ज्यान गुमाउनेमा सिन्धुपाल्चोका २९ वर्षीया महिलाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी गरेर सुत्केरी हुनुभएका उहाँ २५ गते डिस्चार्ज भएर घर फर्कनुभएको थियो।

ज्वरो र खोकी लाग्नुका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्दा पनि निको नभएपछि धुलिखेल अस्पताल ल्याइएको थियो।

अस्पताल ल्याएको ३ दिनपछि उहाँको निधन भएको हो।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको बताएकाले उहाँको पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।

यसैबीच थप दुई जनामा कोरोना पुष्टि भएको छ।

 

Share.

About Author

Leave A Reply