कोरोना रोकथाम र नियन्त्रणकालगि प्रदेस सरकारले प्रभावकारी कदम चाल्न नसकेको सांसदको भनाइ।

0

जेठ १९, कर्णाली सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा चालेको कदम प्रभावकारी हुन नसकेको बताएका छन।

आज बसेको प्रदेशसभाको बैठमा बोल्ले सदस्यहरुले सरकारले आफैले गरेका निर्णय कार्यन्वयन गर्न नसक्दा समस्या भएको बताएका छन।

प्रदेशसभाका सदस्य दिलवन्धु श्रेष्ठले सरकारको फितलो निर्णयले गर्दा कोरोना नियन्त्रण तथा रोकथाममा समस्या भएको बताउनुभयो।

यस्तै अर्का सदस्य गुलावजंग शाहले प्रदेश मातहतमा रहेका अस्पतालहरुले पनि कोरोना संक्रमितलार्इ भर्ना लिन नमानेको भन्दै आपति जनाउनुभयो।

उहाँले सरकारले कोरोना बिषेश अस्पताल भनेर तोकेको अस्पतालले पनि संक्रमितहरुलार्इ भर्ना नलिएको भन्दै सरकारको ध्यानआकर्षण गराउनुभयो।

यस्तै सदस्य झोवा विकले विना चेकजाँच भारतबाट आएका नागरिकहरु गाँउगाँउमा पुगिसकेको भन्दै अव गाँउपठाउदा चेकअपगरेर मात्र पठाउन सरकारसंग आग्रह गर्नुभयो।

उहाँले सरकारले यार्चागुम्बा टिप्न र कर्णालीका माथिल्लो जिल्लामा विधालय खोल्ने गरेको निर्णय तत्काल रोक्न माग गर्दै महामारीको समयमा यसो नगर्न अपिल गर्नुभयो।

सभमा बोल्ने सदस्यहरुले अझैपनि कर्णाली सरकार गम्भिर नहुने हुने हो भन्ने आगामी दिनमा अवस्था झनै भयाभएक हुने बताएका छन।

थप दुइवटा पिसिआर मेशिन

यसैबीच साँसदहरुले उठाएका प्रश्नको जवाफ दिदै सामाजिक विकासमन्त्री दल रावलले कोरोना रोकथामको लागि सरकार एक्लैको प्रयास सम्भव नभएको भन्दै यसमा सबैको साथ आवश्यक रहेको उल्लेख गर्नुभयो।

उहाँले भारतबाट नागरिक भित्रिने क्रमजारी रहेकाले कर्णालीमा थप चुनौती थपिएको भन्दै अहिले नै विधालय संञ्चालन हुन्न नसक्ने बताउनुभयो ।

कोरोना रोकथाम तथा निन्त्रणको लागी सरकारले अहिले विभिन्न अस्पातलहरुमा १६ करोड भन्दा धेरै रकम निकासा गरिसकेको जानकारी गराउनुभयो।

मन्त्री रावलले अहिले कर्णालीमा तिन वटा पिसिआर मेशिनले भार धान्न नसकेको भन्दै थप दुर्इवटा पिसिआर मेशिन ल्यार्इने दावी गर्नुभयो।

Share.

About Author

Leave A Reply