कोसी अस्पतालबाट थप २८ जना कोरोना संक्रमित आज डिस्चार्ज हुदै।

0

जेठ २२, प्रदेश १ बाट थप २८ जना कोरोना संक्रमित आज डिस्चार्ज हुने भएका छन।

विराटनगरको कोसी अस्पताल, कोभिड-१९ उपचार केन्द्रमा उपचार गराइरहेका २८ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरु आज डिस्चार्ज हुन लागेका हुन।

जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार उदयपुरका ४, झापाका ७, मोरङका ६, सुनसरीका ४, सप्तरीका २ धनकुटाका ४ र खोटाङका एक गरी जम्मा २८ जना डिस्चार्ज हुँदैछन्।

उनीहरु मध्ये ६ जनामहिला र २२ जना पुरुष छन ।

कोरोनामुक्त भएकाहरुलाई आज डिस्चार्ज गर्ने प्रदेश १ सकारले तयारी गरेको छ।

योसँगै प्रदेश १ मा कोरोना मुक्त हुनेको संख्या ७६ पुगेको छ ।

यसअघि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १८ जना र विराटनगरबाट ३० जना निको भएर घर फर्किसकेका छन।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १८५ छ ।

Share.

About Author

Leave A Reply