क्यान्सर लगायतका रोगका पीडितलाई ३ लाख ६५ हजार वितरण।

0

असार-२२ सर्खेत।कर्णाली प्रदेश सरकारको प्रदेश भरीका १२ जना क्यान्सर लगायतका रोगका पीडितलाई ३ लाख ६५ हजार वितरण गरेको जनाएको छ।सरकारले आन्द्राको क्यान्सर भएका २ जना, फोक्सोको क्यान्सर भएका २ जना, मुत्रनली रोगबाट ग्रस्त विरामी १ जनालाई राहत वितरण गरेको जनाएको छ।यस्तै ब्रेन ट्युमर भएका एक जना, ब्लड र क्यान्सर भएका एक एक जना, सर्भाभइल क्यान्सर भएका एक जना गरी एक वर्षमा जम्मा १२ जनालाई राहत रकम वितरण गरेको हो।

 

ती मध्ये आन्द्रा, पिसाब, मुत्रनलि र पाठेघर क्यान्सर भएकालाई मन्त्रालयले ४० हजारका दरले राहत वितरण गरेको जनाएको छसरकारले फोक्सोको क्यान्सर भएकालाई तीस हजार अन्यलाई २५ हजारका दरले राहत रकम वितरण गरेको जनाएको छ।सुर्खेतका सबैभन्दा बढी ६ जना लाभान्वित भएका छन भने मुगु, कालिकोट, दैलेखका एक एक जनाले मात्रै उक्त रकम प्राप्त गर्न सफल भएका छन्।तीन जना हुम्लाकाले पनि राहत रकम प्राप्त गरेका छन् ।

 

 

Share.

About Author

Leave A Reply