क्षेत्रिय अस्पताल सुर्खेतको लापरवाहीले एक सुत्केरी र नवजात शिशुको ज्यान गएको भन्दै आफन्तले नाराबाजी गरे।

0

वैशाख–२२सुर्खेत।सुर्खेतको कालागाउँमा रहेको क्षेत्रिय अस्पतालमा एक सुत्केरी र नवजात शिशुको ज्यान गएपछि उहाँका आफ्न्तले नाराबाजी गरेका छन।अस्पतालमा महाबु ३ कालीकोटका ३२ वर्षिय मनिसरा सिंह र उहाँका छोराको ज्यान गएपछि उहाँका आफन्तले चिकित्सहरुले लापरवाही गरेको भन्दै नाराबाजी गरेका हुन।मनसराका दिदि गोमा शाहीले अस्पतालको चरम लापरवाहीका कारण सुत्केरी र बच्चाको ज्यान गएको भन्दै आफूहरुलार्इ न्यान दिन माग गर्नुभयो। उहाँले सामान्य अवस्था मै रहँदा २० गते  बिहान ११ बजे अस्पताल पुगेर दिनभरी मनिसराले आफूलाई बचाइदिन भन्दै हार गुहार गर्दा पनि राती एक बजेसम्म डाक्टर नपुगेको बताउनु भयो। मनिसराका आमा कौशिला शाहीले अस्पतालले जानी जानी लापरवाही गरेको भन्दै कौशिलाले दोषीलाई कडा कारवाही गर्नुपर्ने बताउनु भयो। उहाँले मनसराको एक छोरा र छोरीको सम्पुर्ण जिम्मा पनि अस्पतालले लिनुपर्ने माग समेत गर्नुभएको छ।यता, अस्पताल प्रशासनले भने मृतकका आफन्तले गरेको दावी अस्वीकार गरेको छ ।अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डाक्टर डम्मर खड्काले अस्पतालका कारण नभई पानी पोका आफै फुटेर फोक्सोमा पानी गएकाले मनसराको मृत्यु भएको बताउनु भयो । घटना भएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले अस्पतालमै पुगेर घटनाबारे सोधपुछ् गरेका छन् ।मुख्य मन्त्री शाहीले मनिषाको मृत्युको विषयमा छानविन गर्न मुख्यमन्त्री निर्देशन दिनुभएको छ । स्वास्थ्यकर्मी र अस्पताल प्रशासनको लापरबाही देखिए कारबाही हुने भन्दै दै मुख्यमन्त्री शाहीले मृतकका आफन्त तथा परिवारलाई संयमित हुन आग्रह समेत गर्नुभएको छ ।

Share.

About Author

Leave A Reply