क्षेत्र परिवर्तन भएपनि विकास गर्ने मन परिवर्तन नहुने थानीकाे भनाइ ।

0

पुष–१८सुर्खेत।नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री ह्दयराम थानीले क्षेत्र परिवर्तन भएपनि विकास गर्ने मन परिवर्तन नहुने बताउँनु भएको छ।सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको वडा नंम्बर १५ को रतु र १६ को गर्पनमा आयोजित मतदाता भेटघाट कार्यक्रममा थानीले दुई वटा वडा क्षेत्र नंम्बर १ मा परेपनि विकास गर्ने मन भने परिवर्तन नभएको बताउँनु भएको हो।उहाँले यी वडाहरुको विकासका लागि आगामी दिनमा आफ्नो पहल जारी राख्ने बचन दिनु भएको छ।विकास निर्माणका काममा जनतालाई अपनत्व महसुस गराउन नसक्दा संगठन कमजोर बन्न पुगेको उहाँको भनार्इ छ।आगामी दिनमा विकास निर्माणमा जनतालाई अपनत्व महसुस गराउन र संगठन विस्तारको कामलाई संगसंगै जारी राख्ने प्रतिवद्धता नेता थानीले जनाउँनु भएको छ।वडासभापति रुद्र खत्रीको सभापतित्वमा रतुमा भएको कार्यक्रममा क्षेत्रीय सभापति नारायण कोइराला र वडा सभापति एवं वडाअध्यक्ष पूर्ण ढकालको अध्यक्षतामा गर्पनमा भएको कार्यक्रममा बुद्धि ज्ञवाली लगायतले आफनो भनार्इ राख्नु भएको छ।

Share.

About Author

Leave A Reply