खप्तड गोल्डकपमा टिकटवाट १८ लाख बढी आम्दानी भएको आयोजकको दाबी

0

माघ–४ धनगढी।धनगढीमा सम्पन्न भएको दोस्रो संस्करणको खप्तड गोल्डकपको टिकटवाट १८ लाख ७० भन्दा बढी आम्दानी भएको आयोजकको भनार्इ छ।आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लवले ११ दिनसम्म सञ्चालन भएको गोल्डकपमा १८ लाख ७० हजार रकम संकलन भएको जनाएको छ।उदघाटनको दिनमा झण्डै ५ हजार बढी दर्शक थिए भने फाईनलमा दर्शकहरु राख्ने ठाउँ नभएपछि आयोजकले टिकट नै बन्द गरेको थियो।एकसय र एकसय ५० मुल्य पर्ने टिकट दर कायम गरिएकोमा अधिकांश टिकट एक सय रुपैयाँकै बिक्री भएको आयोजकको भनार्इ छ।फार्इनलमा एपिपफ क्लबलार्इ हराउँदै नेपाली आर्मीले उपाधि सहित ११ लाख ११ हजार १११ रूपैयाँ हात पारेको थियो।यस्तै उपविजेता एपिएफले ५ लाख ५५ हजार ५५५ रूपैयाँ पाएको छ।

Share.

About Author

Leave A Reply