खेल मैदान र भौतिक पूर्वाधार नहुदाँ खेलकुद गतिबिधि हुन समस्या ।

0

असाेज२२सुर्खेत। सुर्खेतमा गतिलो खेलमैदान र भतिक पुर्वाधार नुहुदाँ खेलकुदका गतिविधि संञ्चालन गर्न समस्या हुन गरेको एक कार्यक्रमका सहभागीलेल्याएका छन।अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीलार्इ स्वागत तथा शुभकामना कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन।उनिहरुले खेलकुद गतिविधि नहुदाँ खेलाडी हरु पलायन हुने अबस्थामा पुगेको भन्दै चिन्ता जनाएका छन।विश्वभरीनै खेलतर्फ आकर्षण बढी रहेको बेला यताका खेलाडीहरु भने बन्चित हुनुपर्ने अबस्था आएको बताएका छन।सहभागीहरुले स्थानिय र प्रदेश सरकारले पनि खेल क्षेत्रमा लगानी नगरेको भन्दै खेलक्षेत्रको विकासको लागी लगानी बढानु पर्नेमा जोड दिएका छन।कार्यक्रममा अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले पुर्वाधार निर्माणको लागी स्थानिय र प्रदेश सरकारलार्इ घचघच्याउनु पर्ने समय आएको बताउनुभयो।उहाँले विगत चार पाँच बर्ष सम्म ठुला प्रतियोगीताहरु आयोजना नहुदाँ खेलाडीहरुको अभाव भएको भन्दै अब आफुले त्यसो हुन नदिने बताउनु भयो। उहाँले अब एन्फाले जिल्लामा दुर्इवटा श्रेणीको लिगको आयोजना गर्ने भन्दै बालबालिका हरुको लागी पनि जिल्ला र प्रदेश स्तरिय प्रतियोगीता गरार्इने जानकारी दिनुभयो।अध्यक्ष शेर्पाले सात वटै प्रदेशमा १४ वटा फुटबल टेक्निकल सेन्टरको लागी अभियान थालिएको भन्दै कर्णालीमा पनि छिटै स्थापना गरिने जिकिर गर्नभयो। उहाँले खेलाडीहरुलार्इ व्यवसायीक बनाउन तर्फ आफुहरु लागेको भन्दै लिगलार्इ सात देखी आठ महिनाको लामो खेल बनाउन लागी परेको बताउनुभयो।

Share.

About Author

Leave A Reply