गत बर्षमा कर्णाली प्रदेशले सबैभन्दा कम बजेट खर्च ।

0

भदौ २२ सुर्खेत,गत आर्थिक वर्षमा सात प्रदेश मध्ये कर्णाली प्रदेशले सबै भन्दा कम रकम खर्च गरेको छ।

देभरमा स्थानीय तहहरूमार्फत दुई खर्ब ६ अर्ब चार करोड २८ लाख रुपैयाँभन्दा बढी रकम खर्च भएको छ।

हालसम्म महालेखा नियन्त्रकको कार्यलयलाई विवरण उपलब्ध गराउने ६६५ स्थानीय सरकारले तीन खर्ब ३६ अर्बको बजेट विनियोजन गरेकोमा वर्षभरमा खर्च गरेकोमा विनियोजित बजेटको ६१ प्रतिशत खर्च गरेको कार्यालयले जनाएको छ।

विनियोजित बजेटको आधारमा गत वर्ष सबैभन्दा कम खर्च गर्नेमा कर्णाली प्रदेश देखिएको छ।

विनियोजित बजेटको आधारमा यो प्रदेशका स्थानीय तहमा ४९ प्रतिशत खर्च भएको छ। जम्मा २४ अर्ब ८५ करोड बजेट विनियोजन गरिएकोमा १२ अर्ब ३० करोड रुपैयाँ मात्रै खर्च भएको छ।

जसमध्ये ६ अर्ब २५ करोड चालू र ६ अर्ब चार करोड पुँजीगत खर्च भएको छ।

यस्तै गत आर्थिक वर्षमा प्रदेश ५ को १०९ स्थानीय तहमध्ये १०८ ले विवरण उपलब्ध गराएका छन्।

स्थानीय तहले ५८ अर्ब २९ करोड रुपैयाँको बजेट विनियोजन गरेकोमा हालसम्म ३८ अर्ब ७५ करोड रुपैयाँ खर्च भएको छ।

विनियोजन गरिएको रकमको आधारमा ६६.४८ प्रतिशत रकमको खर्च भएको छ।

३८ अर्ब ७५ करोड रुपैयाँमध्ये २० अर्ब २७ करोड रुपैयाँ चालू खर्च भएको छ।

खर्च रकमको आधारमा सबैभन्दा बढी प्रदेश ३ र १ को देखिएको छ।

सुदूरपश्चिम प्रदेशले ६४ प्रतिशत खर्च गरेको छ।

कर्णाली प्रदेशका चार र प्रदेश ५ को एक स्थानीय तहले विवरण उपलब्ध गराएका छैनन।

 

 

Share.

About Author

Leave A Reply