गर्भअवस्थामा हुने जोखिम सम्बन्धी सचेतना कार्यक्रम सुरु।

0

माघ-२७ सुर्खेत।गर्भवती महिला र उनीहरुका परिवारहरुलाई गर्भअवस्थामा हुने जोखिम सम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम सुरु भएको छ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १ मा रहेको सरस्वती माध्यामिक विद्यालयमा र दिपमाला माध्यामिक विद्यालयमा पहिलो पटक गर्भवती महिला र उनीहरुका परिवारहरुलाई गर्भअवस्थामा हुने जोखिम सम्बन्धी अभिमुखिकरण कार्यक्रम सुरुभएको हो।

घरघरमा स्थानिय सरकार, स्वास्थ्य र समृद्ध समाज निमार्णको आधारमा भन्ने नारा सहित गर्भवती महिला र उनीहरुका परिवारहरुलाई गर्भअवस्थामा हुने जोखिम बारेमा जानकारी गरार्इएको छ।

गेडागुडी, हरियो सागपात, फलफुल र पशुजन्य स्रोत मिलाएर खाने सम्बन्धमा जानकारी दिनुका साथै वितरण पनि गरिएको हो।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले गर्भअवस्थाका बारे आफुहरुले लाजनमानी स्वतन्त्र रुपले बोल्न सक्ने र आफ्नोबारेमा बताउने हुनुपर्नेमा जोड दिनु भयो।

उहाँले गर्भअवस्थामा स्थानिय सरकार र नगरपालिकाले एक पटक गर्भवती महिलाहरुका लागि भिडियो एक्सरे पनि निशुल्क गरेको बताउनु भयो।

यस्तै वीरेन्द्रनगर एकका वडा अध्यक्ष गंगाराम सुनारले वडालाई स्तरउन्ती गराउनका लागि वडामा रहेका गर्भवती र उनका परिवारहरुलाई गर्भअबस्थामा हुने जोखिमका बारेमा जानकारी दिनका लागि सचेतना मुलक कार्यक्रम गरेको बताउनु भयो।

कार्यक्रममा सुहारा फिल्डका कोडिनेटर रेशम चन्दले गर्भवती महिला र उनीहरुका परिवारहरुलाई गर्भअवस्थामा हुने जोखिम सम्बन्धी जनचेतना मुलक ज्ञान प्रदान गर्नु भएको हो।

यस्तै कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका १ का वडा सदस्य शोभान्सी वली, वद्धीसरा विक, कसे बहादुर सुवेदी खगेन्द्र प्रसाद थानी, डम्मर बहादुर टमटा लगाएतको सहभागि रहेको छ।

 

 

Share.

About Author

Leave A Reply