गर्मीले जनजीवन प्रभावित।

0

जेठ–१७बाँके।केही दिनयता बढेको गर्मीले बाँके लगाएत पश्चिम जनजीवन प्रभावित भएको छ।गर्मीसँगै चल्ने तातो हावाका कारण अस्पतालहरुमा गर्मीसँग सम्बन्धित रोगहरुको संक्रमणका कारण अस्पतालमा विरामीको चापसमेत बढेको छ।नेपालगञ्जको तापक्रम ४२ डिग्री भन्दामाथि पुगेपछि उकुसमुकुस बनाएको नेपालगञ्जवासीले बताएका छन।गर्मीले उकुममुकुस बनाइरहेको बेला अनियमित रुपमा हुने लोडसेडिङ भएपछि झनै सास्ती भएको उनीहरुको भनार्इ छ।जल तथा मौसम विज्ञान विभाग हावापानी कार्यालय नेपालगन्जका निमित्त फिल्ड इन्चार्ज पल बहादुर विश्वकर्माले तापक्रम बढेसँगै चहलपहल कम भएको बताउनु भयो।

Share.

About Author

Leave A Reply