गहन रुपमा छलफल गरेर योजना निर्माण गर्न सुझाँव।

0

चैत २-सुर्खेत। स्थानियतहका जनप्रतिनिधिले योजना बनाउदा गहनरुपमा छलफल गरेरमात्र योजना निर्माण गर्न सुझाँव दिएका छन। कर्णाली प्रदेश योजना आयोगले सुर्खेतको वीरेनद्रनगर आयोजना गरेको प्रथम आवधिक योजना तर्जुमा गोष्ठीमा सहभागी जनप्रतिनिधिले यस्तो बताएका हुन। उनिहरुले क्षेत्रको पहिचान गरेर मात्र योजना बनाउनुपर्ने भन्दै प्रदेश र केन्द्र सरकारको ध्याआर्कषण गराएका छन। जनप्रतिनिधिहरुले बजेट बिनियोजन गर्दा जनख्यालाइ आधार मान्दा दुर्गम क्षेत्रका स्थानियतहमा बजेट कम भएको भन्दै भुगोलार्इ आधार मानेर बजेट छुट्याउन सुझाँब दिएका छन।उनिहरुले निर्वाचित भएको दुर्इबर्ष हुन लाग्दा समेत काम गर्ने बातावरण नभएको भन्दै सरकारले स्पष्ट निति तयार पार्नुपर्ने सुझाँव दिएका छन।कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बजेट निर्माण गर्दा सरोकारवाला संग छलफल गरेर बजेट बिनियोजन गर्ने बताउनु भयो ।उहाँले कर्णाली प्रदेशलार्इ डिजिटल प्रदेश निर्माणको तयारी भर्इरहेको भन्दै योजना तर्जुमा आएका सुझाँवका आधारमा कार्यक्रम छनोट गरिने बताउनुभयो।उहाँले स्थानियतह बाट आएका सुझाँवलार्इ महत्वसका साथ समेटिने भन्दै, सुझाँवका आधारमा कर्णालीको मोडल तयार पार्न थप मद्घत पुग्ने विश्वास व्यक्त गर्नुभयो।कार्यक्रममा कर्णाली प्रदेशका साँसद, सुर्खेतका ९ वटै स्थानियतहका प्रमुख तथा उपप्रमुख विभिन्न राजनितिकदलका प्रतिनिधिहरुले योजना निर्माण गर्दा छफलफल गर्न सुझाँव दिएका छन।कार्यक्रम योजना आयोग कर्णालीका उपाध्यक्ष डाक्टर पुण्यप्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न भएको हो।

Share.

About Author

Leave A Reply