गाइगाेरू मारिएको घटनामा दुई जना पक्राउ।

0

भदाै २१-सुर्खेत।सुर्खेतमा सामूहिक रुपमा गार्इगोरु मारिएको घटनामा, एकजना प्रहरी निरीक्षक सहित दुई जना पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय सुर्खेतले नेपालगञ्ज नगर प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्य बोगटी र चितवन ट्रान्सपोर्टका सञ्चालक विक्की भनिने सन्तृतसिंह श्रेष्ठलाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपो वसन्त रजौरेले  दुवै जनालाई जिल्ला अदालतबाट  म्याद थप गरेर अनुसन्धान भैरहेको जानकारी दिनुभयो। प्रहरीले यस प्रकरणमा ट्रक चालकसहित ७ जनालाई यसअघि नै पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । गौहत्या घटनाका विषयमा गृह मन्त्रालयकर्णाली प्रदेश र नेपालगञ्ज उपमहानगरपालिकाले समिति गठन गरेर छानबिन गरिरहेका छन् ।नेपालगञ्ज उपमहानगरपालिकाले कान्जी हाउसबाट दैलेख लैजाने भनिएका करिब तीनसय गाईगोरु ल्याएकोमा ३० वटा वटा भन्दा गाईगोरु वीरेन्द्रनगरको कट्कुवा र बीउरेनीमा मरेको अवस्थामा भेटिएका थिए ।दैलेख लैजाने भनिएका गाईगोरु रातको समय बिच बाटोमै छाडेर भागेका वटा ट्रक मध्य पाँच वटा ट्रक र सहचालक गरी सात जनालार्इ प्रहरी यसअघि नै पक्राउ गरेको छ ।

Share.

About Author

Leave A Reply