गाइ मारेको आरोपमा पक्राउ परेका सातजनालाई अनुसन्धानकालागि सात थुनामा राख्न अनुमति।

0

जिल्ला अदालत सुर्खेतले बीरेन्द्रनगरमा सामूहिक रुपमा गाइ मारेको आरोपमा पक्राउ परेका सातजनालाई अनुसन्धानकालागि थप सात दिन थुनामा राख्न समय दिएको छ।

प्रहरीले पाँचजना ट्रक चालक र दुई सहचालकलाई गत १३ गते शुक्रबार पक्राउ गरेको हो ।

ट्रक चालक शत्रुधन चौधरी, दामोदर केसी, सागर विक, विवेक कुँवर, हिमबहादुर जिसी र सहचालक अमृत चौधरी तथा कृष्णबहादुर बिसीलाई थुनामा राखी अनुसन्धान गर्न समय दिएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रबि रावलले सानो ब्यूरेनी र कटकुवा क्षेत्रमा गाई मारेको अभियोगमा गोवध मुद्दा दायर गरेको बताउनु भयो।

उहाँले घटना बारे थप अनुसन्धान भइरहेको भन्दै घटनामा संलग्न अरुलाइ पनि अनुसन्धानको दायरामा ल्यार्इने बताउनु भएको छ।

गाई झारेर फर्कंदै गरेका आठ ट्रकमध्ये प्रहरीले बबईबाट पाँच ट्रकसहित सातजनालाई पक्राउ गरेको हो।

प्रहरीले तीनवटा ट्रक, तिनका चालक सहित यसमा संलग्न अन्यको खोजि भइरहेको जनाएको छ।

विभिन्न संघसंस्था र अधिकारकर्मीले यो घटना धार्मिक मात्र नभएर कानुनी रुपमा समेत अपराध भएकाले चालक सहचालकमात्र नभएर नेपालगन्ज उमहानगर पालिका र जिल्ला प्रशासन कार्यालय बाँकेका लगाएत जिम्मेवार निकाय र पदाधिकारीलार्इ पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग गरेका छन ।

यसैबिच सामूहिक रुपमा गार्इ मारिएको घटनामा छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले पनि काम थालेको छ।

गृह मन्त्रालयका उपसचिव सागरमणी पाठकको संयोजकत्वमा चार सदस्यीय छानबिन समितिले छानबिनको काम सुरु गरेको जनाएको छ।

बाँकेको नेपालगन्जबाट ल्याएर सुर्खेतको कटकुवा लगाएत विभिन्न क्षेत्रका गाइ मारिएको घटनाको सर्वत्र निन्दा भएपछि गृहमन्त्रालयले यसबारे चासो देखाएको हो।

समितिलार्इ १५ दिनभित्र सत्य तथ्य बुझि कुन व्यक्ति पदाधिकारी वा निकायको संलग्नता रहेको छ भन्ने बारे प्रतिवेदन बुझाउन निर्देशन दिर्इएको छ।

गृहमन्त्रालयका सहसचिव रामकृष्ण सुवेदीले जारी गरेको बिज्ञप्तिमा नेपालगन्जका विभिन्न कान्जीहाउसमा रहेका ३७० वटा गार्इ गोरु र बाच्छा बाच्छी नगर प्रहरीको कमान्डमा स्थानिय निकायको समन्वयमा सुर्खेत हुँदै दैलेख लैजान लागिएको उल्लेख छ।

सुर्खेत कटकुवा ब्यूरेनी लगाएतका ठाउँमा गरी ३० वटा भन्दा बढी गाइ गोरु र बाच्छा मरेका छन जिउँदा २४० वटा जतिलार्इ नेपालगन्ज फिर्ता पठार्इएको छ ।

Share.

About Author

Leave A Reply