गुरुयोजना अनुसार बुलबुले ताल बिस्तारको कामले तिब्रता पाउने।

0

चैत २२-सुर्खेत।कर्णाली प्रदेसकै चर्चित स्थल सुर्खेतको बुलबुले ताल बिस्तार लगाएतका कामले अब तिब्रता पाउने सरोकारवालाले दाबी गरेका छन।बृहत बुलेबुले क्षेत्र विकास गुरुयोजना अनुसार ताल बिस्तार लगाएतका कामकालागि टेण्डर आव्हान भर्इसकेकाले अब निर्माण कार्यले तिब्रता पाउने उनीहरुको भनार्इ छ।नगर विकास समितिका अध्यक्ष नारायणकुमार कोइरालाले समितिले पहिलोपटक बृहत बुलबुले क्षेत्र विकास गुरुयोजना निर्माण गरेको भन्दै अब प्रदेश सरकार लगाएतको सहयोगमा गुरुयोजना अनुसार बुलबुले उद्यान सुधार तथा व्यवस्थापन गर्ने बताउनु भयो ।कर्णाली प्रदेश सरकारको उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालय अन्तर्गतको भू तथा जलाधार व्यवस्थापन कार्यालय सुर्खेतले बुलबुले क्षेत्र सुधारकालागि यो वर्ष पाँच करोड रुपैयाँ छुट्याएको छ। कार्यालय प्रमुख शिखर चपाइँले ताल क्षेत्रलाई तीन गुना ठूलो बनार्इने भन्दै  डुंगा पार्किङ, नुहाउने धारा मर्मत , ढल तथा फूटपाथ व्यवस्थापन, मन्दिरको कम्पाउन्ड र पिकनिक स्थल निर्माण लगाएतका काम गरिने जानकारि दिनुभयो ।बहुवर्षीय योजनाका रुपमा बुलबुले क्षेत्रलाई गुरुयोजना अनुसार विकास गर्ने लक्ष्य लिएको छ ।

Share.

About Author

Leave A Reply