पुस २७, घरपायक पर्ने विद्यालयमा सरुवा माग गर्दै सुर्खेतको गुर्भाकोट एक शिक्षकले आमरण अनसन सुरु गरेका छन्।
नगरपालिका वडा नम्बर ११ को नेपाल राष्ट्रिय प्राथमिक विद्यालय भित्रीखोलामा कार्यरत दृष्टिबिहीन शिक्षक उत्तम विक नगरशिक्षा शाखामा आमरण अनसन बसेका हुन्।
दृष्टिबिहीन भएकै कारण घर नजिकैको स्कूलमा सरुवा माग राखेर आमरणअनसनमा बसेको उहाँको भनार्इ छ।
हाल कार्यरत स्कूल घरदेखि झण्डै चार घण्टाको दूरीमा पर्दछ जसका कारण विद्यालय जान–आउन समस्या हुने गरेको छ।
यता गुर्भाकोट नगरपालिकाले भने वडा नं. ९ को कुनै पनि स्कूलमा दरबन्दी नभएका कारण सरुवा गर्न समस्या भएको बताएको छ।
‘नगरपालिकाका कार्यकारी प्रमुख टेकबहादुर खत्रीले ‘दबरन्दी नहुँदा शिक्षकलाई माग गरेका स्थानमा सरुवा गर्न समस्या भएको बताउनुभयो।