घरभाडा ५० प्रतिशत छुट दिन सुर्खेत उद्योग वाणिज्य संघको आग्रह।

0

जेठ २३,सुर्खेत उद्योग वाणिज्य संघले आफनो भवनमा भाडामा रहेका व्यवसायीहरुलाई घरभाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ।

कारोना भाइरसका कारण भएको बन्दाबन्दीको अवधिभरमा कुनै पनि व्यवसाय सञ्चालन नभएकाले व्यवसायीहरुलाई लागेको भाडामा छुट दिने निर्णय गरेको संघले जनाएको छ।

संघले अन्य धरधनीलाई पनि यो संकटको घडिमा घरभाडमा छुट दिन सबैमा अपिल गरेको छ।

संघका महासचिव लक्ष्मण कडेलले कोरोना संकटमा व्यापार व्यवसायी धरासयमा परेको भन्दै घरभाडामा छुट गरिदिन आबाह्न गर्नुभयो।

उहाँले अहिले बन्दाबन्दीको समयमा सबै भन्दा धेरै व्यवसायीहरु मारमा परेको आफुहरुले आफ्नो भवनमा रहेका व्यवसायीहरुलाइ घरभाडा छुट गरेको भन्दै अन्य घरधनिलाइ पनि छुटगिदन आग्रह गरेको बताउनुभयो।

यसैबीच महासचिव कँडेलले ब्यापार, व्यवसाय बन्द भएको समयको राज्यले कर तिर्ने समय सिमा तोकेको भन्दै आपति जनाउनुभएको छ।

असार सात भित्र कर बुझाउन सरकारले आग्रह गरेको भन्दै अहिलेको स्थितिमा कर बुझाँउन सक्ने स्थिममा व्यवसायीहरु नभएको बताउनुभयो।

उहाँले झन्डै तीन महिनादेखि ब्यापार, व्यावसाय ठप्प भएकोले यो समयको कर महशुल मिनाह गर्न पनि सरकार संग माग समेत गर्नुभएको छ।

Share.

About Author

Leave A Reply