घुससहित सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्ष पक्राउ।

0

वैशाख-३०सुर्खेत।बाँकेमा पाँच लाख रुपैयाँ घुससहित एक सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्ष पक्राउ परेका छन। राप्तीसोनारी गाँउपालिकास्थित लामीडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टीकाराम कामी र कोषाध्यक्ष दीपक खुना घुससहित पक्राउ परेका हुन।  सामुदायिक वनको काठ लिलामीमा कोटेशन दर्ता गरी सहजीकरण गरिदिने भन्दै उनीहरुले सेवाग्राहीसँग घुस मागिरहेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय, नेपालगञ्जको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। घुस बापतको रकम लिइसकेको अवस्थामा राप्तीसोनारी गाँउपालिका–१ बैरिया कुसुमबाट पक्राउ गरिएको अख्तियारको भनार्इ छ।उनीहरूमाथि अनुसन्धान सुरु गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताउनुभयो।

 

 

Share.

About Author

Leave A Reply