घुस लिएको आरोपमा नायबसुब्बा पक्राउ।

0

वैशाख -२३ सुर्खेत।तीन लाख रुपैयाँ घुस लिएको आरोपमा उच्च अदालत तुलसीपुर दाङका नायबसुब्बा कृष्णकुमार पाठकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।पाठकले अदालतमा विचाराधीन मुद्धा मिलाइदिने भन्दै तीन लाख रुपैयाँ लिइसकेको बेला रङ्गेहात पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताउनु भयो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल र सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले उहाँलार्इ  नियन्त्रणमा लिइ थप अनुसन्धान अगाडि बढाएको प्रवक्ता कोइरालाले बताउनु भएको छ  ।

Share.

About Author

Leave A Reply