घुस लिएको आरोपमा सुर्खेतमा एकजना पक्राउ।

0

असार-२८ सर्खेत।घुस लिएको आरोपमा कर्णाली प्रदेश डिभिजन वन कार्यालय, सुर्खेतका प्रमुख प्राविधिक उपसचिव भक्तबहादुर लामा पक्राउ पर्नुभएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतको टोलीले लामालार्इ उहाँकै कार्यकक्षबाट चार लाख रुपैयाँ घुस सहित नियन्त्रणमा लिएको पुष्टि गरेको छ।लामाले छुट पुर्जाको म्याद थप गराइ दिने बहानामा सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा टोली रंगेहात पक्राउ गरेको कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिनुभयो ।घटनाबारे थप  अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Share.

About Author

Leave A Reply