घुस लिएको आरोपमा सुर्खेतको पन्चपुरीबाट एक इन्सपेक्टर सहित दुर्इ प्रहरी पक्राउ।

0

असाेज २९ सुर्खेत। १५ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सुर्खेतको पन्चपुरी नगरपालीकाबाट एक इन्सपेक्टर सहित दुर्इजना प्रहरीलार्इ प्रकाउ गरेको छ।इलाका प्रहरी कार्यालय बाबियाचौरका इन्जार्ज समेत रहनुभएका प्रहरी निशिक्षक सुशोभन श्रेष्ठ र प्रहरी जवान तिलक लामिछानेलार्इ पक्राउ गरिएको अख्तियारको कार्यालयले सुर्खेतले जनाएको छ।अख्तियारका सुचना अघिकारी मेघराज सापकोटाले उनिहरुलार्इ पञ्चपुरी नगरपालिका–२ सालकोटमा रहेको अस्थायी प्रहरी पोष्टबाट नियन्त्रणमा लिर्इएको जानकारी दिनुभयो।स्थानीय एउटा सुनचाँदी पसलमा चोरी भएको घटनामा चोरलाई पक्राउ गरेको भन्दै उनीहरुको घुस मागेको सापकोटाको भनार्इ छ।पक्राउ परेका दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको अख्तियारले जनाएको छ।

 

 

Share.

About Author

Leave A Reply