चार महिनामा १ सय १९ जना महिला तथा बालबालिका हिंसामा परेको तथ्याँक सार्वजनिक।

0

मंसिर १२ सुर्खेत, चालू आर्थिक वर्षको चार महिनामा कर्णालीमा एक सय १९ जना महिला तथा बालबालिका माथी हिंसामा परेका तथाङक सार्वजनिक भएको छ।

कर्णाली प्रदेश प्रहरीका अनुसार गतबर्षको तुलनामा महिलामाथी हुने हिसाँका घटनामा बृद्धि भएको जनाएको छ।

चार महिनामा बलात्कारका घटनामा ६०, बलात्कार पर्यासमा २० जना पिडित भएका छन भने दुर्इ जनाको हत्या भएको छ।

यस्तै कर्णाली १६ महिनामा चार सय ४५ महिला हिंसामा परेको पार्इएको छ।

प्रदेश प्रहरीका अनुसार आर्थिक बर्ष२०७५/०७६ मा तीन सय ३५ जना महिला तथा बालबालिका पिडित भएका उल्लेख गरिएको छ।

जसमध्य बेचबिखन तथा ओसारपसारका घटनामा ८ बोक्सीको आरोपमा चार, बलात्कारका घटनामा एक सय ३८ जना पिडित भएका छन।

त्यस्तै बलात्कार पर्यास र यौन दुर्ववहारका घटनामा ५२ र बहुबिबाहमा एक सय ११ जना जना महिला पिडित भएका प्रहरीको तथाङमा उल्लेख गरिएको छ।

गत वर्ष ८ जना महिलाको हत्या भएको छ भने यस वर्ष आफ्नै परिवारबाट दुई जान महिलाले ज्यान गुमाएका छ।

यस्तै बालबिबाह घटनामा १९ र बाल यौन दुरचारका घटनामा तीन जना बालिका पिडित भएका छन।

यसैबीच इन्सेकको मानव अधिकार वर्ष पुस्तकका अनुसार २०१९ र १०१८ मा दुई सय ५७ जना महिला अधिकार उल्लनका घटना भएका छन।

मानव बेचबिखन तथा ओसारपसारमा तीन, बोक्सीको आरोपमा ८ बलात्कारका घटनामा २९, वलात्कार पर्यास र यौन दुर्ववहारमा २०, घरेलु हिंसामा एक सय ५९, बहुबिबाहमा २९ जना महिलाहरू पिडित भएको पाइएको छ।

दलित तथा सीमान्तीकृत समुदायका महिलाहरु अझैपनि समाज तथा आफ्नत बाटै हिसाँमा पर्ने गरेको एक कार्यक्रमका सहभागीले बताएका छन।

बीरेन्द्रनगरमा भएको दलित तथा सिमान्तकृत महिला माथी हुने हिसाँ र न्यायमा पहुँच कार्यक्रमका सहभागीले यस्तो बताएका हुन।

उनिहरुले आर्थिक, सामाजिक, राजनीतिक अवसर र लाभबाट समेत आफुहरु वञ्चित भएको भन्दै हिसाँ कम गर्न चेतनामुक कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन।

कार्यक्रममा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले प्रदेशलाई हिंसारहित बनाउन प्रदेश सरकारले विभिन्न कार्यक्रमहरु ल्याएको बताउनु भएको छ।

उहाँले छोरी जन्मे बैंक खाता, सवै प्रदेशबासीको दुर्घटना वीमा गरिएकोले अवका दिनमा हिंसाबाट कोही पीडित हुनु नपर्ने बताउनुभयो।

कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य अमृता शाहीले लगायतले महिला हिंसामा कमी ल्याउन सवैको भूमिका अपरिहार्य भएको बताउनुभयो।

यस्तै संघका संस्थापक अध्यक्ष दुर्गा सोवले जनतामा चेतना बढाउने र राज्यका निकायहरू सक्रिय बन्न सके कोही पनि हिसाँमा नपर्ने बताउनुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णालीका अध्यक्ष दुर्गा थापाले  लैङिगक हिसाँ बिरुद्धको कार्यपत्र प्रस्तुत गर्नुभएको हो।

कार्यक्रम दलित महिला संघका केन्द्रीय अध्यक्ष कला स्वर्णकारको अध्यक्षतामा समपन्न भएको हो।

 

 

Share.

About Author

Leave A Reply