चिकित्सकहरुको आन्दोलनका कारण बिरामी मर्कामा।

0

भदौ१८ सुर्खेत।नेपाल चिकित्सक संघ सुर्खेतले पनि मुलुकी अपराध (संहिता) ऐन संशोधनको माग राख्दै आन्दोलनका कार्यक्रममा घोषणा गरेको छ।संघले वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गरेको हो।संघले मध्यपश्चिम क्षेत्रिय अस्पताल सुर्खेतमा र्इमरजेन्सी बाहेयका अन्य सबै सेवा ठप्प पारेको छ।संघले आज प्रशासकिय कामकाज ठप्प पार्ने जनाएको छ भने अन्य सेवा भने सुचारु गर्ने जनाएको छ।संघले आज मुख्यमन्त्री सहित सामाजिक विकास मन्त्रालयका पदाधिकारीसंग छफलफ गर्ने संघका अध्यक्ष डा नबराज केसीले जानकारी दिनुभयो।नेपाल चिकित्सक संघले आब्हान गरेको आन्दोलनको कार्यक्रममा नेपाल स्वास्थकर्मी संघ, नेपाल नर्सिङ एशोसियशन, मेलान सुर्खेत, नेपाल फार्मेसी संघ नेपाल र औषधी संघले एकेबद्ता जनाएका छन।डा केसीले उपचार नभएका बिरामीलाई आज उपचार गरिने भन्दै विमारीलार्इ सेवा लिन आउन आब्हान गर्नुभयो।नेपाल चिकित्सक संघले मुलुकी अपराध (संहिता) ऐन संशोधन गर्न माग देशव्यापी आन्दोलनका कार्यक्रममा गरेका छन।गत भदौ १ देखि लागू भएको ऐनमा चिकित्सकहरुको लापरवाहीले विरामीको मृत्यु भएको पुष्टि भए ५ वर्ष कैद र हेलचेक्र्याइँबाट बिरामीको मृत्यु भए डाक्टरलाई ३ वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना गर्न सक्ने व्यवस्था गरिएको छ।यो व्यवस्थाले उपचारका क्रममा कुनै कारणले विरामीको मृत्यु भएमा डाक्टरहरुलाई फौजदारी अभियोग लाग्ने र जेल जाने अवस्था आएको संघले बताएको छ।लापरवाही भए नभएको विज्ञ समूहले छानबिन गर्नुपर्ने र फैजदारी नभई देवानी कानुन अनुसार कारबाही गर्नुपर्ने अध्यक्ष केसीको भनार्इ छ।

Share.

About Author

Leave A Reply