चिकित्सक सहितको २४ सै घण्टाको सेवा शुरु।

0

साउन –३० सुर्खेत।सुर्खेतको वीरेन्द्रनगर ९ लाटीकोइली स्वास्थ्य चौकीमा आजदेखी चिकित्सक सहितको २४ सै घण्टा आकस्मिक सेवाको शुरु भएको छ।यस अघि हप्तमा एकदिन दिदै आएको सेवा अवदेखी प्रत्येकदिन चिकित्सक सेवा सञ्चालन हुने भएको छ।कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्य सचिव केवलप्रसाद भण्डारीले स्थानियस्तरबाट स्वास्थ्य चौकीमा नियमित चिकित्सक तथा आकस्मिक सेवा शुरु गर्नु नै महत्वपूर्ण भएको बताउनुभयो। उहाँले स्वास्थ्य संस्थालार्इ गुणस्तरिय सेवा प्रदान गर्न आग्रह गर्दै व्यवस्थित अस्पतालको रुपमा विकास गर्न आब्हान गर्नुभयो।कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदीले लाटीकोइली स्वास्थ्य चौकीलाई १५ शैयाको बनाउनकालागि निर्णय भैसकेको भन्दै नक्सा लगाएतका अन्य पूर्वाधार विकासबारे सम्वन्धित निकायले काम शुरु गरिसकेको जानकारी दिनुभयो। कार्यक्रममा हाडजोर्नी रोग विषेशज्ञ डा. शुभ श्रेष्ठले आफै वडा घर नजिकको स्वास्थ्य चौकीमा नियमित चिकित्सक सेवाले उत्साह थपेको बताउनुभयो।उहाँले आफ्नो तर्फबाट महिना १ पटक विषेशज्ञ सेवा दिन आफू तयार रहेको बताउनुभयो। त्यस्तै डा. कृष्णदेव गिरीले आफ्नै जिल्लामा लाटीकोईली स्वास्थ्य चौकीबाट चिकित्सकिय सेवा दिन पाउँदा खुशी लागेको बताउनुभयो। कार्यक्रममा ९ नं वडाका अध्यक्ष सुरेश मानन्धरले वडावासीको माग ध्यान दिँदै वडा कार्यालयको पहलमा लाटीकोइली स्वास्थ्य चौकीमा नियमित चिकित्सकिय चेकजाँज तथा आकस्मिक सेवा शुरु गरेको बताउनुभयो।उहाँले स्वास्थ्य चौकीलाई १५ शैयाको अस्पताल बनाउन सबै पक्षलाई सहयोग गर्न आग्रह गर्नुभयो।

स्वास्थ्य चौकीका प्रमुख धनप्रसाद देवकोटाले सञ्चालन गर्नुभएको कार्यक्रममा स्थानीय समाजसेवी डम्मरविक्रम जिसी, ध्रुवकुमार श्रेष्ठ, नेकपाका ऋृषि गिरी राजेन्द्र बुढा, सुरेन्द्र विसी नेपाली काँग्रेसका कालिप्रसाद शाक्यले लगायतको सहभागिता रहेको थियो।

Share.

About Author

Leave A Reply